पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन « Khabarhub

पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘लभर बोई’को परिचय बनाएका एक समय महँगा स्टार आर्यन सिग्देल आगमी फिल्म ‘पुजार सार्की’मा ‘पुजारको’ भूमिकामा देखिँदै छन् । फिल्मको ट्रेलर हेर्दा उनको निर्वाह गरेको भूमिका अधवैशेँ ब्राह्मण पुरुषको छ ।

आर्यनका पछिल्ला फिल्मको ‘बक्स अफिस कलेक्सन’ राम्रो छैन । हालको अवस्थामा उनको करिअरको ग्राफ ओरालो लागेको अवस्था छ । सोही कारण होला उनले लभर बोईभन्दा फरक चरित्र निर्वाह गर्ने प्रयोग गरेका छन् । दर्शकले उनको प्रयोग रुचाउँछन् कि रुचाउँदैनन् त्यो भने जेठ १० पछि प्रस्ट हुन्छ ।

उनीमाथि लभर बोईको छवि मेटाउन नसकेको आरोप पनि समालोचकबाट आउने गरेको छ । प्रेम कथामा आधारित उनको फिल्म चल्न छोडेपछि यस किसिमका प्रतिक्रिया आउनु स्वाभाविक हो ।

यद्यपि आर्यको फिल्ममा निर्वाह गर्ने चरित्र अहिले चर्चाको विषय बनेको छ । यो विषय फिल्म प्रचारको लागि निर्माण पक्षलाई राम्रै मसला बनेको छ । अझ  ‘पुजार’ आर्यनकै बुबाबाट प्रभावित ‘लुक्स’ हो भन्ने निर्माण पक्षले खुलासाले थप चर्चा बटुलेको छ ।

आर्यनका बुबा सरकारी सेवाबाट बिदा भएका व्यक्ति हुन् । उनी अहिले पनि ‘पण्डित’ सेवा आबद्ध छन् ।

निर्देशक दिनेश राउतले फिल्ममा आर्यनलाई बुबाको जवानीको ‘लुक्स’मा उतारेका हुन् । आर्यनको घरमा जाँदा बुबाको पुरानो फोटो देखेकाले निर्देशक राउतले उनलाई सोही लुक्समा उतार्ने सोचका हुन् ।

‘निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिनु भएको रहेछ । उहाँले त्यो फोटो मागेपछि मैले दिएँ। त्यो फोटोअनुसार मेरो लुक्स निकाल्ने प्रयास भयो । उहाँले त्यही लुक्स फाइलन गर्नुभयो।’ आर्यन भन्छन् ।

आर्यनको लुक्स बाहिरिएपछि बुबासमेत खुसी भएको उनी बताउँछन् । उनलाई बुबाले भनेका थिए रे,  ‘निकै सुहाएको छ, मेरै नक्कल गरिछस् ।’

लुक्समा धेरै मिहिनेत गर्नु नपरे पनि समग्र चरित्र निर्माणमा गर्न गाह्रो भएको उनी अनुभव सुनाउँछन् ।  उनी भन्छन्, ‘पुजारको भूमिकामा काम गर्दा शारीरिक हाउभाउदेखि लिएर लुक्स, सँगसँगै कास्कीकोटको भाषाको सीमा पनि थियो। सबै चिजलाई मिश्रण गर्दा यो चरित्र निर्माण गाह्रो नै भयो ।’

यद्यपि ट्रेलर सार्वजनि भएपछि लुक्सलाई लिएर आएको प्रतिक्रिया प्रति उनी दंग छन् । ‘बाटोमा भेटिँदा फ्यानहरूले  मेरो चरित्रप्रति चासो देखाउनुहुन्छ। उहाँहरू उत्साहित भएको पाएको छु ।’ उनी अनुभव सुनाउँछन् ।

दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताउने आर्यन अब ‘लभर बोइ’भन्दा पनि यस किसिमका पात्र निर्वाह गर्न पाउने फिल्ममा काम गर्ने मनस्थितिमा पुगेका छन् । तर लभर बोइको भूमिकामा नदेखिने भन्ने उनको योजना होइन ।

‘हामीले यो धारको चलचित्र पनि गर्नुपर्छ र अर्को मूलधारको चलचित्र पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो। दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई पनि फाइदा हुन्छ। राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको चलचित्र पनि गर्छु। राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु ।’ आर्यन भन्छन् ।

दुई दशक लभर बोईको ट्याग बोकेर हिँडेका आर्यनले सो छवि बदल्ने प्रयास यसअघि नगरेका होइनन्  । फिल्म ‘होमवर्क’ उनले अलग विषय र फरक चरित्रमा काम गरे तर अपेक्षित रूपमा सफल भएनन् । होमवर्कपछि पनि उनको परिचयमा लभर बोईको ट्याग नै हाबी भयो ।

यद्यपि यस फिल्मबाट उनी आफ्नो लभर बोईको छविमा केही परिवर्तन आउनेमा विश्वस्त छन् । उनी दाबी गर्छन्, ‘आर्यनले प्रेमकथाका मात्र चलचित्रमा काम गर्न रुचाउँछन् भनने मानसिकतालाई यो फिल्मले परिवर्तन गर्छ ।’

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  २ : १६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित