लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर « Khabarhub

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली सिक्का भएकाले नक्कली सिक्काहरू परास्त हुँदै जाने बताएका छन् ।

नपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले आयोजना गरेको बझाङ प्रदेश सभा (क) उपनिर्वाचन लक्षित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता महरले नक्कली सिक्काले भ्रममा राखेर सक्कली सिक्कालाई बजारबाट विस्थापित गर्छु भनेर सोच्नु दिवा सपना मात्रै हुने बताए ।

‘नक्कली सिक्काले भ्रममा राखेर सक्कली सिक्कालाई बजारबाट विस्थापित गर्न खोज्छ। अहिले नेपालमा पनि नक्कली लोकतन्त्रवादीहरूले लोकतन्त्रको खोल ओडेर लोकतान्त्रिक पद्धतिमाथि कब्जा गर्न खोजेका छन् । उनीहरूले जनतालाई भ्रममा राखेर नेपालको लोकतान्त्रिक पद्धतिमाथि चुनौती खडा गर्न खोजेको देखिन्छ। यस्ता लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर र विस्थापित भएर जानेछन्,’ उनले भने ।

लोकतन्त्रमा च्याँखे थापेर रंगोली मनाउने नक्कली सिक्कालाई परास्त गर्न जनतासँग महरको अपिल छ। ‘कम्युनिस्ट र नयाँ शक्तिका नाममा उदाएका दलहरू भ्रममा बाचिरहेका छन् । उनीहरूले लोकतन्त्रलाई कमजोर तुल्याउन विभिन्न षडयन्त्र गरिरहेका छन् । जनतालाई भ्रममा राखेर शासन कमजोर तुल्याइ आफू अनुकूल चलाउन खोज्नेहरू अहिले सत्तामा छन्। विभिन्न महा काण्डमा मुछिएका मन्त्रीहरूले मुलुक र शासन कमजोर भए आफूहरू चलखेल गर्न पाउँछौं सोचिरहेका छन्,’ महरले भने, ‘अब त्यो कपटपूर्ण षडयन्त्र धेरै दिन टिक्दैन। जनतामा दूध र पानीलाई छुट्टाउन सक्ने क्षमता छ। हामी जनतालाई भ्रममा राख्न दिँदैनौँ ।’

गलत प्रवृत्तिलाई कमजोर तुल्याएर लोकतन्त्रको जगलाई थप बलियो बनाउन उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न महरले आग्रह गरे। ‘गलत प्रवृत्तिलाई साथ नदिऔँ। अब गलत प्रवृत्तिको पर्दाफास गरेर कांग्रेसलाई विजयी गराएर लोकतन्त्रको जग बलियो बनाऔँ,’ उनले भने।

त्यसका लागि पूर्वको इलाम र सुदूरपश्चिमको बझाङबाट कांग्रेस उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको पक्षमा उभिन महरले जनतासँग अपिल गरेका छन् । नेपालमा लोकतन्त्रवादी बलिया छन् र लोकतन्त्रको जग कसैले हल्लाउन सक्दैन भन्ने सन्देश यही उपनिर्वाचनबाट जनताले दिनुपर्ने उनको धारणा छ ।

‘लोकतन्त्रको जगमाथि दोहोरो प्रहार भइरहेको छ। नयाँ र पुराना राजनीतिक दलले कांग्रेसलाई एक्लाउँदै भ्रमको कुण्डली निर्माण गरिरहनु भएको छ। यो धेरै दिन टिक्ने छैन । हामीले नचलाउँदै खरानीको घर जस्तो भ्रमको जग आफैँ गरल्याम्म ढल्ने छ। लोकतन्त्रका नक्कली सिक्काहरू विस्थापित हुँदै जानेछन्,’ महरले भने ।

कांग्रेसले अब २०८४ सम्म जनताको साथमा रहेर सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नुपर्ने महरको धारणा छ। जनताको आकांक्षालाई पुरा गरेर लोकतन्त्रको गजलाई बलियो बनाउने अभिभारा कांग्रेसको भएकाले यसप्रति पार्टी थप जिम्मेवार हुनुपर्ने उनले बताए ।

देश निर्माणका लागि विदेशी रहेका युवाहरूलाई स्वदेशमै रोक्न वातावरण बनाउन आवश्यक भएको  र त्यसको नेतृत्व कांग्रेसले गर्ने महरको भनाई छ। उनले सबैको साझा प्रयासबाट मात्र मुलुक समृद्ध हुने बताए। समृद्धिका लागि लोकतन्त्रको जित हुनुपर्ने र त्यसका लागि कांग्रेसको विजय अति आवश्यक रहेको उनले औँल्याए ।

कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कांग्रेस नेता प्रकाश स्नेही, पूर्वमन्त्री नरेश बहादुर सिंह, नेता डा. सुरेश मल्ल, कांग्रेस बझाङ सभापति खडक बोहरालगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ५ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित