एसीसी प्रिमियर कप : आज सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल « Khabarhub

एसीसी प्रिमियर कप : आज सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता यूएईबीच पहिलो सेमिफाइनलमा भेट भएको हो। यूएई नेपालका लागि चिरपरिचित प्रतिद्वन्द्वी हो। यो खेल शुक्रबार बिहान ११ : ४५ मा सुरु हुँदैछ। नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो।

अघिल्लो शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि आठ विकेटको शानदार जित दर्ता गरेको नेपालले अन्तिम खेलमा साउदीलाई ६ विकेटले हराएको थियो ।

सेमिफाइनलको दोस्रो भिडन्त आयोजक ओमान र हङकङ बिच हुँदैछ। ओमान समूह ‘बी’को विजेता हो भने हङकङ समूह ‘ए’को उपविजेता हो। यो खेल दिउँसो ४:१५ बजे सुरु हुँदैछ।

ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहदै समूह ‘बी’को विजेता बनेको भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

कुशल मल्ल र रोहित पौडेल । तस्बिर : क्यान

पहिलो खेल : मलेसियाविरुद्ध ५ विकेटको जित
शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले २४ बलमा तीन चौकासहित २४ रन बनाए। आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए। सात बलको सामना गरेका गुल्सन झाले दुई छक्का र एक चौकासहित नटआउट १९ रन बनाए।

कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए। सन्दीप जोरा १२ रनमा नट आउट रहे। मलेसियाका लागि विरनदीप सिंहले ३ तथा मोहम्मद वाफिक र पवनदीप सिंहले एक(एक विकेट लिए।

टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए। त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट हात पारे।

 दोस्रो खेल : कतारमाथि ३२ रनको जित

शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाएका थिए। दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए। दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्दै टी–२० क्रिकेटमा ६ बलमा ६ छक्का प्रहार गरेर विश्व रेकर्ड बनाएका हुन्।

असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए। त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३र३ विकेट लिएका थिए।

तेस्रो खेल : हङकङमाथि आठ विकेटको जित

तेस्रो खेलमा नेपालले हङकङलाई आठ विकेटले हराएको हो । जितका लागि एक सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा दुई विकेटको क्षतिमा एक सय १७ रन जोड्दै लक्ष्य पूरा गरेको थियो।

नेपालका लागि आशिफ शेखले ४० रन बनाए । उनले १८ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका थिए। यस्तै ओपनर कुशल भुर्तेलले ३२ रन जोड्दा कप्तान रोहितकुमार पौडेल र र सन्दीप जोराले अविजित २५ र १९ रन बनाएर लक्ष्य पूरा गरेका थिए ।

बलिङमा हङकङका इशान खान र यासिम मुर्ताजाले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । हङकङका लागि आन्सी राथले सर्वाधिक ३४ रन बनाएका थिए ।

बलिङमा नेपालका अविनाश बोहराले तीन विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई एवम् करण केसीले एक विकेट लिएका थिए ।वर्षाले केही समय ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो।

समूह चरणको अन्तिम खेल : साउदी  ६ विकेटले पराजित

समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो। वर्षाका कारण ८ ओभर खेलाइएको खेलमा साउदी अरबले दिएको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको थियो। नेपालका लागि गुलशन झाले सर्वाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन जोडे। कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए। टस हारेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो।

फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ।

यो पनि पढ्नुहोस्
चौथो छक्कापछि ६ छक्का हान्छु जस्तो लाग्यो : दिपेन्द्र ऐरी

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित