साताको ब्रिफिङ : अर्थतन्त्रको ‘चिसो पानी’ « Khabarhub

साताको ब्रिफिङ : अर्थतन्त्रको ‘चिसो पानी’


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! यो साताका मुख्य राजनीति घटनाक्रममा काठमाडौंसँगै धरान पनि चर्चामा आयो । यो सातालाई ‘सरकारको गोजी छाम्ने हप्ता’ पनि भन्न सकिन्छ । किनभने, सरकारले कर असुल्ने पुस मसान्त यही साता परेकाले सरकारको ढिकुटीमा कति राजस्व जम्मा भयो भनेर अर्थतन्त्रको सामान्य चित्र यो साता आकलन गर्न सकिन्छ ।

खासगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आघिल्लो सातादेखि सुरु भएको आन्दोलन र उपकुलपतिले गरेका विभिन्न निर्णय अनि प्रधानमन्त्री र मुख्यसचिवले दिएको निर्देशनसमेत निष्प्रभावी देखियो ।

प्रधानमन्त्री दाहालले सचिवालयका कर्मचारी कटौती गरेको देखि युगान्डा भ्रमणसम्मका घटनाक्रम यो साता चर्चामा रहे । दाहालको दल नेकपा माओवादी केन्द्रले आगामी फागुन १ देखि विधानसम्मलेन गर्ने घोषणा समेत यसै साता गरेको छ ।

प्रधानमन्त्री दाहालले पुस मसान्तमा मेलम्चीको धारो पाँचौंपटक उदघाटन गरे । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, र पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरीले उदघाटन गरिसकेको मेलम्चीको उद्घाटन फेरि प्रधानमन्त्री दाहालले गरेकोमा समाजिक सञ्जालमा खुशीयाली भन्दा व्यंग्य बढी देखियो ।

यो साता सवारी दुर्घटनाका समाचार पनि अत्यधिक आए । दर्जन बढी यात्रुको ज्यान जानुका साथै कैयौं घाइते बने । थानकोट–चित्लाङ सडकमा कार दुर्घटनामा परी डाक्टर महेश कुमार गौतमका एकै परिवारका पाँच जनाको मृत्यु भयो ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस भालुवाङको पुलबाट राप्ती नदीमा खस्दा १२ यात्रुको मृत्यु भयो भने २४ जना घाइते भए । सडक दुर्घटनाका कम गराउने विषयमा जति बहस हुनुपर्ने थियो, त्यो चाहिँ हुन सकेन ।

राप्ती बस दुर्घटनाको कारण चालकको लापरवाही : प्रहरी

राप्ती बस दुर्घटनाका घाइते भन्छन् : भाग्यले बाँच्यौँ

सहकारी क्षेत्रमा भइरहेको ठगीबारे बहस भइरहेका बेला यो साता सम्पन्न राष्ट्रिय सहकारी महासंघको साधारण सभामा ओमदेवी मल्लसहित एमालेको प्यानलै विजयी बनेको छ । सहकारी महासंघमा एमाले, कांग्रेस र माओवादी लगायतका दलले भागवण्डा गर्दै आएका छन् । यसवर्ष पनि दलहरुले भागण्डा गरेका छन् ।

उता राष्ट्रिय स्वतन्त पार्टीको बैठकमा सहकारीमा देखिएका समस्या समाधानबारे छलफल भएको छ । पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सहकारीबारे प्रतिवेदन तयार गरिरहेका छन् भने सभापति रवि लामिछानेले आफू पीडितहरुको पक्षमा रहेको स्पष्टीकरण दिएका छन् । सहकारीको समस्या जटिल बन्दै गएको बारे योसाता पनि चर्चा सेलाएको छैन ।

अर्थतन्त्रको तस्बिर

चालु आर्थिक वर्षको ६ महिनामा सरकार ४८ अर्बको घाटा बजेटमा चलेको छ । ५ महिनामा सरकारले ५ खर्ब १८ अर्ब आम्दानी गर्दा खर्च ५ खर्ब ६६ अर्ब पुगेको छ । यो हिसाबले सरकारले ४८ अर्ब ४६ करोड बढी खर्च गरेको छ ।

चालु खर्च ४ खर्ब ३७ अर्ब सिध्याउँदा सरकारले विकास निर्माणमा लगाउनुपर्ने पुँजीगत खर्च चाहिँ ३९ अर्ब २४ करोड मात्रै गर्न सकेको छ । वित्तीय व्यवस्थापनतर्फ सरकारले ८० अर्ब खर्च गरेको छ । पुँजीगत अहिलेसम्म १६.३ प्रतिशत मात्र भएको छ ।

अर्थतन्त्रको ६ महिनाको समीक्षा हेर्दा सन्तोषजनक नेदेखिए पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले सुधारको बाटो लिएको दाबी गरेका छन् ।

उता राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा प्रतिवेदनका अनुसार आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजसम्मको आर्थिक वृद्धि ३.२ प्रतिशत रहेको प्रारम्भिक अनुमान गरेको छ । उता नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको प्रतिवेदनमा अर्थतन्त्र अझै निराशाजनक नै रहेको उल्लेख छ ।

नेपालको वैदेशिक व्यापार पनि सन्तोषजनक नदेखिएको तथ्यांक सार्वजनिक भएका छन् । आर्थिक वर्षको आधा अवधिमा ८ खर्बको वैदेशिक व्यापार भएकोमा आयात ३ प्रतिशत घटेको पाइएको छ । आयात घट्नु राम्रो भएता पनि आर्थिक मन्दीका कारण व्यापार हुन नसकी आयात घटेको हो भने यसले भन्सार राजस्व र घरेलु आर्थिक गतिविधिलाई असर गर्ने देखिन्छ । निर्यात भने यो अवधिमा आयातको तुलनामा दोब्बर बढी अर्थात् ७ प्रतिशत घटेको छ, जुन नकात्मक सूचक हो ।

यो साता शेयर कारोबारको मापन गर्ने नेप्से परिसूचक भने ६ महिनायताकै उच्च विन्दुमा पुगेको समाचारहरु आएका छन् ।

त्यसो त यस वर्षको माघे संक्रान्ति विभिन्न जात जाति र सांस्कृतिक समुदायले धुमधामका साथ मनाएका छन् । उता नेवार समुदायका चाडपर्व र जात्रा पनि यो साता धुमधामका साथ मनाइए

टुँडिखेलमा भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुग्यो

कुमाल समुदायले चितवनमा मनाए माघे सङ्क्रान्ति

नुवाकोटमा जुधाइयो गोरु

लिम्बू समुदायले मनाए कक्फेक्वा तङनाम

थारू बहुल बस्तीमा माघीको हर्षोल्लास

यो साता राष्ट्रियसभाको चुनावका लागि दलहरुले प्रचार प्रसार तीव्र पारेका छन् । अर्को साता अर्थात् माघ ११ गते १९ सिटका लागि राष्ट्रियसभाको चुनाव हुँदैछ ।

यो साता प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले युगान्डाको भ्रमण गरे । यसक्रममा उनीहरुले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने प्रतिवद्धतासमेत जनाएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित