समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजसँग अफगानिस्तान १०४ रनले पराजित « Khabarhub

समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजसँग अफगानिस्तान १०४ रनले पराजित


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा वेस्ट इन्डिजले दिएको विशाल २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १०४ रनले पराजित भएको छ।

समूह ‘सी’को अन्तिम खेलमा टस जितेर अफगानिस्तानले सुरुमा फिल्ड रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै ११८ रन बनाएको थियो।

विशाल रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ बलमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको हो। अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३८ रन बनाए। अजमातुल्लाह उमरजाई २३ रन बनाएको खेलमा कप्तान राशिद खानले १८ रन जोडे भने करिम जनातले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दाहोरो अंकमा रन जोड्न सकेनन्।

वेस्ट इन्डिजका लागि ओबेद एमसीकोइले तीन विकेट हात पार्दा गुडाकेश मोती र अकेल होसेनले दुईदुई विकेट लिए। उसका लागि आन्द्रे रसेल र अल्जारी जोसेफले भने एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि निकोलस पुरन शतक प्रहार गर्न दुई रनले चुके। उनी ५३ बल खेल्दै ९८ रन बनाउँदा अफगानिस्तानका नवीन उल हकबाट रनआउट भए।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले २७ बलमा ४३ रन बनाए। कप्तान रोभम्यान पावेलले १५ बलमा २६ रन बनाउँदा साही होपले १७ बलमा २५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रन बनाएको हो।

वेस्ट इन्डिजविरुद्धको खेलमा अफगानिस्तानका लागि कप्तान राशिद खान सबैभन्दा महंगो सावित भएका थिए। उनले चार ओभर बलिङ गर्दा बिना विकेट ४५ रन दिए। उसका लागि दुई ओभर बलिङ गरेका गुलबदिन नायबले दुई विकेट लिँदा मात्र १४ रन खर्चिए। अजमातुल्लाह उमरजाई र नवीन उल हकले एकएक विकेट हात पारे भने अघिल्ला खेलमा चम्किएका फजलहक फारुकी चल्न सकेनन्। तीन ओभर बलिङ गरेका उनले बिना विकेट ३८ रन दिए।

यो जितसँगै वेस्ट इन्डिज अपराजित रहँदै ८ अंकका साथ समूह ‘सी’को विजेता बनेको छ। ६ अंकमा रोकिएको अफगानिस्तान उपविजेता बनेको छ। यसअघि नै सुपर ८ प्रवेश गरिसके पनि यो समूहबाट विजेता र उपविजेताको टुंगो लाग्न बाँकी थियो।

मैदान प्रवेश गर्दै अफगानिस्तान र वेस्ट इन्डिजका कप्तान । तस्बिरः क्रिकइन्फो

समूह चरणमा यसअघि भएका खेलमा अफगानिस्तानले युगान्डालाई पहिलो खेलमा १२५, दोस्रो खेलमा न्युजिल्यान्डलाई ८४ र तेस्रो खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै विश्वकपको सुपर ८ पुगेको हो।

वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीमाथि ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा युगान्डाविरुद्ध १३४ रनले विजयी भएको थियो। तेस्रो खेलमा न्युजिल्यान्डलाई १३ रनले हराएको वेस्ट इन्डिज अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छ।

 

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ९ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित