सीमा सुरक्षामा एआईको सहयोग लिँदै केही देशहरू « Khabarhub

सीमा सुरक्षामा एआईको सहयोग लिँदै केही देशहरू


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग तीव्र गतिमा बढिरहेको छ । त्यस्तै एउटा पछिल्लो समय निकै लोकप्रिय बनेको प्रविधि हो एआई ।

सोही मार्फत सात देशले सीमा सुरक्षा गरिरहेका छन् । भारत, चीन, अमेरिका, बेलायत, इजरायल, क्यानडा र नाइजेरियालगायतक देशहरु हुन् ।   यी मध्ये आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा देशमा अवैध आप्रवासन रोक्ने देश पनि छन् । जसका कारण मानवअधिकार उल्लङ्घन र गोपनीयतासम्बन्धी प्रश्न उठ्ने गरेको छ ।

इन्टरनेशनल जस्टिस रिसोर्स सेन्टरका अनुसार सबै आप्रवासीलाई बाँच्ने अधिकार छ । यो अधिकारबाट कुनै पनि आप्रवासी स्वेच्छाचारी रूपमा वञ्चित नहुने सुनिश्चित गर्नु राज्यको दायित्व हो । जमिन र सामुद्रिक सिमाना पार गर्दा हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्नु राज्यको दायित्व पनि हो ।

कुन देशले सीमा सुरक्षामा एआईको सहयोग लिइरहेका छन् त ?

– भारतले पाकिस्तान र चीनको सीमामा १४० एआई निगरानी प्रणाली जडान गरेको छ भारतले पाकिस्तान र चीनको गतिविधिमाथि नजर राख्न एलओसी र एलएसीमा १४० एआई निगरानी प्रणाली स्थापना गरेको हो । यसले जमिनको अवस्थाको प्रत्यक्ष फिड दिन्छ । यो प्रणाली अन्तर्गत उच्च रिजोल्युसन क्यामेरा, ड्रोन, रोबोट, सेन्सर जडान गरिएको छ । यसबाट उनीहरूले सिमानामा हुने हरेक गतिविधिमाथि नजर राख्छन् ।

– इजरायलले प्यालेस्टाइन सीमामा तीन वटा रोबोटिक बन्दुक तैनाथ गरेको छ । ती मध्ये दुई वटा प्यालेस्टाइन र इजरायलबीचको विवादित क्षेत्र वेस्ट बैंकमा जडान गरिएको छ। यहाँ प्यालेस्टाइनीहरूले इजरायलविरुद्ध बारम्बार विरोध प्रदर्शन गर्छन् । यी रोबोट गनहरू मार्फत अश्रु ग्यास, स्मोक ग्रेनेड र स्पन्ज बुलेट छोडिनेछ। यो बन्दुकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीबाट स्वचालित रूपमा लक्ष्य निर्धारण गर्छ।  एआई मार्फत गैरकानूनी रूपमा देश प्रवेश गर्ने आप्रवासीमाथि कुन-कुन देशले नजर राखिरहेका छन् ।

– अमेरिकाले होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले अमेरिका–मेक्सिको सीमामा रोबोटिक कुकुर तैनाथ गरेको छ । तिनीहरू क्यामेरा, संचार प्रणाली र कृत्रिम बुद्धिमत्तासंग सुसज्जित छन् । यसलाई अमेरिकी भन्सार विभागको शक्ति बढाउन, सीमा पार गर्ने मानिसमाथि नजर राख्न र हतियारको रूपमा पनि प्रयोग भइरहेको छ ।

स्राेत : दैनिक भास्कर

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १२ : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित