‘जन्मिने बित्तिकै बच्चाको आँखाको जाँच गराऔं’ « Khabarhub

‘जन्मिने बित्तिकै बच्चाको आँखाको जाँच गराऔं’


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो। करिब १५ हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्नसक्छ। यो वंशाणुगत पनि हुनसक्छ। यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्नसक्छ। नेपालमा ४० देखि ४५ बालबालिका हरेक वर्ष उपचारको दायरामा रहने गरेको पाइएको चिकित्सक बताउँछन्। रेटिनोब्लास्टोमा कस्तो रोग हो ? यो लाग्नुको मुख्य कारण के हो ? यसको उपचार विधि के छ ? यसबाट बच्नका लागि के गर्ने ? भन्ने विषयमा आँखा रोग विशेषज्ञ डा. बेन लिम्बुसँग पवन मुडभरीले गरेको कुराकानी :

रेटिनोब्लास्टोमा कस्तो रोग हो ?
यो बालबालिकामा मात्रै हुने आँखाको रोग हो। जन्मदेखि पाँच वर्षमुनिका बालबालिकामा यो रोग देखापर्छ। आँखाको भित्र रेटिना भन्ने एउटा पर्दा हुन्छ। त्यो रेटिनाबाट निस्किने एक किसिमको क्यान्सर हो। यो रोग १५ हजार बालबालिकामा एक जनालाई लाग्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

बालबालिकामा रोग लाग्नुको मुख्य कारण वंशाणुगत हो। कहिलेकाहीँ आमाबुवा कसैलाई नभए पनि बच्चामा हुनसक्छ।

यो लाग्नुको मुख्य कारण के हो ?
यो रोग लाग्नुको मुख्य कारण वंशाणुगत हो। कहिलेकाहीँ आमाबुवा कसैलाई नभए पनि बच्चामा हुनसक्छ।

यो रोग लागेको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ?
यसमा थाहा पाउने गरी कुनै पनि लक्षण देखिँदैनन्। बच्चा जन्मिदै आँखाको कालो भागमा सानो सेतो टीका देखिन्छ। यो टीका देखिनु भनेको धेरै ढिलो भइसकेको हो। तर पनि त्यस्तो लक्षण देखिने बित्तिकै उपचार गर्दा त्योभन्दा बढ्न पाउँदैन। त्यसैले आमा या बुवा कसैमा रेटिनोब्लास्टोमा थियो भने बच्चा पेटमा हुँदा नै उपचार गराउनुपर्छ र जन्मिनेबित्तिकै पनि आँखा जाँच गराउनु राम्रो मानिन्छ।

यो रोग लाग्ने बित्तिकै आँखाको दृष्टीमा असर गर्ने हो ?
रेटिनाको पनि दिउँसो र राति देख्ने छुट्टाछुट्टै ठाउँ हुन्छ। दिउँसो हेर्ने ठाउँमा ट्युमर आएको छैन र अर्को ठाउँमा आएको छ भने त्यसलाई हटाएर अन्य ठाउँमा फैलिन नदिएमा आँखाको दृष्टिलाई असर नगरी उपचार गर्न सकिन्छ। तर हेर्ने ठाउँमै ट्युमर आएको छ भने त्यसलाई हटाउँदा पनि बच्चाले आँखा देख्न सक्दैन।

नेपालमा रेटिनोब्लास्टोमाको अवस्था कस्तो छ ?
नेपालमा सन् २०१९ मा गरिएको एउटा सर्वेक्षणमा ४० देखि ४५ बालबालिका हरेक वर्ष उपचारको दायरामा रहेको पाइयो। पहिलेको तुलनामा अहिले अभिभावकमा जनचेतना बढेकाले समयमै उपचारमा आउनेको संख्या पनि बढेको छ। पहिले अभिभावकले नै आँखामा देखिने सेतो टीका शुभ चिह्न हो भन्दै बेवास्ता गर्ने गरेको पाइएको थियो भने अहिले यस सम्बन्धी जानकारीमुलक कार्यक्रम सञ्चालन गर्दा यो खतरा हो भन्ने चेतना फैलिएको छ।

रेटिनाको पनि दिउँसो र राति देख्ने छुट्टाछुट्टै ठाउँ हुन्छ। दिउँसो हेर्ने ठाउँमा ट्युमर आएको छैन र अर्को ठाउँमा आएको छ भने त्यसलाई हटाएर अन्य ठाउँमा फैलिन नदिएमा आँखाको दृष्टिलाई असर नगरी उपचार गर्न सकिन्छ।

यसको उपचार विधि के छ ?
आँखाको हेर्ने भाग भन्दा बाहिर रेटिनोब्लास्टोमा भएको छ भने त्यसलाई नष्ट पारेर बच्चाको ज्यान र दृष्टी पनि बचाउन सकिन्छ। हेर्ने ठाउँमा नै रेटिनोब्लास्टोमा आउँदा पनि सुरुवाती अवस्थामै उपचारका लागि आउँदा किमो थेरापी, रेडियोथेरापी लगायतका उपचार विधाबाट केही हदसम्म निको पार्न सकिन्छ। तर अन्तिम अवस्था जस्तै ट्युमरको डल्लो नै बहिर निस्केको अवस्थामा आउँदा क्यान्सर शरीरका अन्य भागमा नफैलियोस भन्नका लागि शल्यक्रियामार्फत आँखा नै निकालेर कृत्रिम आँखा हालिन्छ। यो आँखाले बच्चाले देख्न भने सक्दैन।

यसबाट बच्नका लागि के गर्ने ?
यो वंशाणुगत हुने भएकाले यसबाट बच्नका लागि अभिभावकले सजगता अपनाउनु आवश्यक छ। आमा या बुवामा यो रोग छ भने बच्चा पेटमा हुँदा नै जाँच गर्नुपर्छ । पहिलो बच्चामा छ भने अर्को बच्चामा हुने सम्भावना पनि धेरै हुने भएकाले अर्को बच्चा जन्माउनु अगाडि नै जेनेटिक काउन्सिलिङ गर्नुपर्छ । आमा बुवा मध्ये कसैको जिनमा रेटिनोब्लास्टोमा देखिएको छ भने अन्य वैकल्पिक उपायबाट पनि बच्चा जन्माउन सकिन्छ।

पहिलो बच्चामा छ भने अर्को बच्चामा हुने सम्भावना पनि धेरै हुने भएकाले अर्को बच्चा जन्माउनु अगाडि नै जेनेटिक काउन्सिलिङ गर्नुपर्छ ।

अन्तमा बालबालिकाको आँखाको उपचारमा सुझाव के छ ?
यदि घरमा कसैलाई रेटिनोब्लास्टोमा छ वा थियो भने त्यो घरमा जन्मिने सबै बच्चाको आँखा जाँच गराऔं। आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। त्यसैले सबै अभिभावकले केही नभए पनि जन्मेको ६ महिनाभित्रमा आँखाको परीक्षण गर्नु आवश्यक छ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित