आजका समाचार : संसद्मा एमाले माओवादी जुहारी, कोशीमा मिल्यो भागबण्डा, ब्राजिल र अर्जेन्टिना दुबै हारे  « Khabarhub

 आजका समाचार : संसद्मा एमाले माओवादी जुहारी, कोशीमा मिल्यो भागबण्डा, ब्राजिल र अर्जेन्टिना दुबै हारे 


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीको आरोप- माधव नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरे
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालमाथि अर्को आरोप लगाएका छन् ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले समाजवादी अध्यक्ष नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरेको आरोप लगाएका हुन् ।


बुधबार स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष नेपालले एमालेले बनाएको पुष्पलाल प्रतिष्ठान निजी सम्पत्तिजस्तो गरेको बताएका हुन् ।

पार्टी विभाजनपछि उक्त प्रतिष्ठान एमालेलाई छोड्नुपर्नेमा अहिलेसम्म खाली नगरेको भन्दै उनले असन्तुष्टि जनाए । उनले पुष्पलाल नभएर माधव नेपाल फुटेर गएको टिप्पणी गर्दै प्रतिष्ठान एमालेले नै पाउनुपर्ने जिकिर गरे ।

उपसभामुख हटाउने तयारीसँगै सांसदहरूलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन

उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ : प्रधानमन्त्री

माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्न थालेको छ : अध्यक्ष प्रचण्ड

सुदूरपश्चिमेली नागरिकको जीवनस्तर सुधार्ने गरी काम गर्नेछु : परराष्ट्रमन्त्री

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संशोधन गर्दै मन्त्रालय

पाँचथर विस्फोट : मृतकका परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार

एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने

‘हिंसा’बारे एमाले-माओवादी जुहारीपछि प्रतिनिधिसभा बैठक स्थगित
‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्र विरोधमा उत्रिएको छ ।

माओवादी केन्द्रले सभामुखको रुलिङमा आपत्ति जनाएर विरोधमा उत्रिएपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक आगामी भदौ ३० गतेसम्मलाई स्थगित गरेका छन् ।


सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई अपमान गरेको बताएका थिए ।

त्यसपछि माओवादी सांसदहरू उभिएर विरोध गरेपछि सभामुख घिमिरले बैठक अघि बढाउन खोजेका थिए । तर माओवादी सांसदहरूको विरोध नरोकिएपछि सभामुख घिमिरेले भदौ ३० आइतबार १ बजे बस्ने गरी संसद बैठक स्थगित गरेका हुन् ।

रामहरि खतिवडाको तर्क- सभामुखको रुलिङ मान्दिनँ भन्न पाइँदैन

झापा विद्रोह उग्र वामपन्थको परिणाम भनेर स्वीकारिसकेका छौँ : रुघु पन्त

मनपरी गर्न संसद्‍ माओवादीको केन्द्रीय कार्यालय होइन : महेश बर्तौला

एमालेसँग आक्रोशित देवेन्द्र पौडेलको टिप्पणी- शान्तिपक्रिया टुंगिने बेला ‘जनयुद्ध’लाई ’हिंसा’ भन्दै चिच्याए

रविले भने-पोखरामा कालोझन्डा सहकारी पीडितको पीडा हो, छलफल गर्न तयार छु

सांसदले उपसभामुखलाई इन्दिरा गान्धी भनेपछि‘

प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बस्ने

कोशीको संसदीय समितिमा भागबण्डा टुंगियो
कोशी प्रदेशसभाको संसदीय समितिको सभापतिमा भागबण्डा टुङ्गो लागेको छ ।

कोशी प्रदेशसभाको दोस्रो कार्यकालको २१ महिनापछि शुक्रबार संसदीय समितिको सभापति पाउने छ । जसअनुसार सत्तापक्षमा रहेका कांग्रेस र एमालेले बुधबार सात वटा समितिको सभापतिमा भागबण्डा टुंगो लगाएको छन् ।

कांग्रेस र एमालेले ३–३ वटा लिने सहमति भएको छ भने प्रमुख प्रतिपक्ष मोवादी केन्द्रले एयता समितिको सभापति पाउने छ । सातवटा संसदीय समिति रहेको कोशीमा शुक्रबार सभापति छनोट गर्ने कार्यसूची छ ।

कोशी प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

कोशीबाट पहिलो पटक अस्थायी सवारी लाइसेन्स वितरण

ठगी आरोपमा पक्राउ परे कलाकार ‘इकु’

सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया

माओवादी केन्द्र मधेश प्रदेशको बैठक सकियो

एभरेस्ट होटलको स्पष्टीकरण : अहिले बिक्रीको कुनै योजना छैन

काममा ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गर्न पछि हट्दिनँ : मुख्यमन्त्री सिंह

खेलकुद

विश्वकप फुटबल छनौट : अर्जेन्टिनापछि ब्राजिल पनि पराजित
दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा पराग्वेले ब्राजिललाई १-० गोलअन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । सन् २००८ यता पहिलो पटक पराग्वेले ब्राजिललाई हराउन सफल भएको हो ।


विश्वकप छनौटमा पराग्वेको यो दोस्रो जित हो । यस जितपछि ८ खेलमा ९ अंकसहित पराग्वे सातौँ स्थानमा छ ।

त्यस्तै जारी विश्वकप छनौटमा ब्राजिलको यो चौथो हार हो । ब्राजिलले ८ खेलमा ३ जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ ।

विश्वकप फुटबल छनौट : अर्जेन्टिनापछि ब्राजिल पनि पराजित

एन्फा महिला लिग : पुलिस क्लबद्वारा कोशी पराजित

भारतमा सामसङका श्रमिक आन्दोलित
दक्षिण भारतमा सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले राम्रो तलब र कामको समयको माग गर्दै सोमबारदेखि जारी गरेको एक हप्ताको हडताल बुधबार पनि चलेको छ।

उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने प्रविधि कम्पनीले औद्योगिक कर्मचारीको आन्दोलनको प्रभाव उत्पादनमा नपर्ने बताएको छ ।


भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र यसको बढ्दो मध्यम वर्ग सामसुङको बढ्दो बजारको लागि एक महत्वपूर्ण स्रोत हो । सामसुङको उत्पादनले दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादनको लगभग एक चौथाई हिस्सा ओगटेको छ ।

हडतालले समूहको कर्मचारीको पछिल्लो असन्तोषकोलाई संकेत गर्दछ । जुलाईमा दक्षिण कोरियामा हजारौं युनियनमा आवद्ध कामदारहरूले तलब र लाभको विषयमा हडताल गरेका थिए।

दक्षिण भारतमा मिनी ट्रक दुर्घटना हुँदा सात जना मजदुरको मृत्यु

रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी

इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमणमा

ईयूले चिनियाँ विद्युतीय गाडीमा करबारे ईयुले पुनर्विचार गरोस् : स्पेनी प्रधानमन्त्री

भियतनाममा आएको ‘यागी’ नामक चक्रवातमा ​​​​​​परेर २२ जनाको मृत्यु, ७३ बेपत्ता

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ७ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित