बयलपाटा अस्पताल सञ्चालनमा सहयोग आवश्यक : कांग्रेस नेता पाण्डे « Khabarhub

बयलपाटा अस्पताल सञ्चालनमा सहयोग आवश्यक : कांग्रेस नेता पाण्डे


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले उक्त अस्पताललाई कोभिड–१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताए। उनले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भएपनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको गुनासो गरे।

सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै संघीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए।  

कांग्रेसका नेता एवं सांसद अजयकुमार चौरासियाले गत हप्ता तराई मधेसमा हुरी र आँधीले सयौँ घर र कृषिमा ठूलो क्षति पुर्याएको बताउँदै तीनै तहका सरकारसँग आवश्यक क्षतिपूर्ति, राहत र सहयोगका लागि आग्रह गरे । साथै उनले मधेसमा खानेपानीको समस्या बढ्दै गएको उल्लेख गर्दै यसबारेमा दीर्घकालीन व्यवस्था गर्न माग गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाहीले हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भारतको भ्रमणका क्रममा उनलाई आवश्यकताअनुसारको सम्मान नभएको टिप्पणी गर्दै सो बारेमा सरकारको ध्यानाकर्षण गराए। 

साथै उनले गृहमन्त्रीले सदनमा ठूला फाइल खोल्छु भने जानकारी गराएको तर गिरीबन्धु स्टेट, मेलञ्ची, फोरजी, वाइडबडीलगायतका ठूला अनियमितताका फाइल कहिले खुल्छ भनी प्रश्न गरे। उनलाई जीबी राई किन पक्राउ गर्न नसकेको र निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कहिले सजाय हुन्छ भनी जवाफ माग गरे।

कांग्रेसका नेता एवं सांसद राजेन्द्र बजगाईँले गोरखाको चुमनुब्री  गाउँपालिकका–७ का राप्के लामा र कर्माछेदिङ लामा डेढ महिना अघि चीनको  स्वशासित क्षेत्र तिब्बतबाट टेलिफोन आएपछि त्यसतर्फ जानु भएको र हालसम्म अज्ञात अवस्थामा रहेको बताए ।

उनले सो घटनाबारे नेपाल सरकारलाई जानकारी नभएको भन्दै तत्काल खोजी र रिहाईका लागि सरकारसँग पहल गर्न माग गरे । सांसद बजगाईँले हिमाल आरोही निर्मल पूर्जाका विवादास्पद कार्य तत्काल नियन्त्रण गर्नुपर्ने माग गरे।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित