यू-१९ विश्वकप : दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै, यस्तो छ ‘हेड टु हेड’ « Khabarhub

यू-१९ विश्वकप : दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै, यस्तो छ ‘हेड टु हेड’


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू–१९ विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज पाकिस्तानले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनल पुगिसकेको छ।

समूह ‘सी’मा रहेको अस्ट्रेलिया विश्वकपका सबै खेलमा अपराजित हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणको पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा जिम्बाबेमाथि २२५ रनको विशाल अन्तरले जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको अस्ट्रेलिया समूह विजेता बन्दै सुपर सिक्समा पुगेको हो।

सुपर सिक्सको पहिलो खेलमा इंग्ल्याण्डलाई डिएल पद्धतिमा ११० रनले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा वेस्ट इन्डिजसँग अंक बाँडेको थियो। समूह विजेता बन्दै अस्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो।

समूह ‘डी’मा रहेको पाकिस्तान विश्वकपका पाँच खेलमा अपराजित हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले पराजित गरेको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि ५ विकेटको जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि १० विकेटको जित निकाल्दै सुपर सिक्सको सुखद् यात्रा तय गरेको थियो।

सुपर सिक्सको पहिलो खेलमा आयरल्याण्डलाई ३ विकेटले पराजित गरेको पाकिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि ५ रनको जित निकालेको थियो। समूह चरणका तीन र सुपर सिक्सका दुई खेलमा जित निकालेको पाकिस्तानले आठ अंक जोडे पनि रनरेटका आधारमा समूह उपविजेता बन्यो।

अस्ट्रेलिया र पाकिस्तानको हेड टु हेड
अस्ट्रेलिया र पाकिस्तानका युवा टोलीले चार पटक प्रतिस्पर्धा गरेका छन्। जसमध्ये तीन स्पर्धामा पाकिस्तान विजयी भएको छ भने एउटा खेल मात्र अस्ट्रेलियाले जितेको छ।

अस्ट्रेलिया र पाकिस्तानको पहिलो भेट सन् २०१६ मा यूएईको दुबइमा भएको थियो। त्रिनेशन यू–१९ स्पर्धामा पाकिस्तानले दिएको ३११ रनको लक्ष्य पूरा गर्न नसक्दा अस्ट्रेलिया १०९ रनले पराजित भएको थियो।

अस्ट्रेलियामै भएको सन् २०१७ को पहिलो युथ ओडिआई प्रतिस्पर्धामा पाकिस्तानले ६ विकेटको जित निकालेको थियो। अस्ट्रेलियाले दिएको २४१ रनको चुनौती पाएको पाकिस्तानले चार विकेटको क्षतिमा ४४.२ ओभरमै पूरा गरेको थियो।

सन् २०१७ मै भएको युथ ओडिआईको अर्को प्रतिस्पर्धामा अस्ट्रेलियाकै मैदानमा पाकिस्तानले ४९ रनको जित निकालेको थियो। पाकिस्तानले दिएको ३०९ रनको चुनौती पूरा गर्न नसक्दा तेस्रो भेटमासमेत अस्ट्रेलिया पराजित भएको थियो।

अस्ट्रेलियाले सन् २०२२ को सुपर लिग क्वाटरफाइनलमा भने पाकिस्तानमाथि शानदार जित निकालेको थियो। अस्ट्रेलियाले दिएको २७६ रनको लक्ष्य पूरा गर्न नसक्दा उक्त प्रतिस्पर्धामा पाकिस्तान ११९ रनले पराजित भएको थियो। ३५ ओभर मात्र खेलेको पाकिस्तान १५७ रनमा अलआउट भएको थियो।

भारत फाइनलमा

पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले पराजित गर्दै भारत मंगलबार नै फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८.५ ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

भारतका लागि सचिन धसले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए। त्यस्तै राज लिम्बानीले चार बलमा १३ रन बनाउँदै नटआउट रहे। दक्षिण अफ्रिकाका क्वेना माफाका तथा ट्रिस्टन लुस ३–३ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा सात विकेट गुमाउँदै २४४ रन बनाएको थियो। उसका लागि जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रन बनाए। भारतका लागि राज लाम्बानीले ३ तथा मुशिर खानले २ विकेट लिए।

यू-१९ विश्वकपमा कसको जित कति ?

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन्।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ६ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित