विराटनगरमा आयोजित शेखर पक्षको गुट भेलाप्रति गगनको थापा आपत्ति « Khabarhub

विराटनगरमा आयोजित शेखर पक्षको गुट भेलाप्रति गगनको थापा आपत्ति


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता डा. शेखर कोइराला समूहले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय पालिका सभापतिको भेलाप्रति आपत्ति जनाएका छन् ।

कांग्रेसको कोशी प्रदेश कार्यसमितिले शनिबार विराटनगरमा आयोजना गरेको पहिलो प्रदेश सम्मेलनको उद्घाटन समारोहमा उनले कोइराला पक्षले विराटनगरमै आयोजना गरेको भेलाप्रति आपत्ति जनाएका हुन् ।

कोशी प्रदेश सम्मेलनको पूर्वसन्ध्यामा कोइराला समूहले मंसिर १८ गते कोशी प्रदेशअन्तगर्तका पालिकाहरूको सभापतिको भेला आयोजना गरेको थियो । उक्त भेलाको संयोजन कांग्रेसको विराटनगर महानगर कार्यसमितिले गरेको थियो । सोही भेला प्रति महामन्त्री थापाले आपत्ति जनाएका हुन् ।

‘केही समयअघि रूपन्देहीको क्षेत्रीय समितिले देशभरका १६५ वटै क्षेत्रका सभापतिहरूको भेला बोलाउँछु भन्यो, हामीले नगर्नुस् । केन्द्रले त्यसको आयोजना गरिदिन्छ, संयोजन गर्नुस् भन्यौँ,’ महामन्त्री थापाले भने, ‘कास्कीले पनि ७७ वटै जिल्ला सभापति बोलाउँछु भन्यो, हामीले त्यसै भन्यौँ । भेला गर्न, देशैभरि घुम्न पाइन्छ । तर, संयोजन नगरी नगरौँ । विराटनगरको कुनै वडा समितिले वडा सम्मेलन गर्दिन्छु भन्यो भने, महानगर समितिले के गर्छ रु केन्द्रले भनेको यति मात्रै हो ।’

थापाले आफू पनि विद्रोह गरेर केन्द्रीय कार्यसमितिमा महामन्त्रीमा निर्वाचित भएर आएको स्मरण गर्दै सबै मिलेर पार्टी सम्हाल्नु पर्नेमा जोड दिए । ‘हामी पनि बागी– विद्रोही भएरै आएको हो । मेरो कुरा सबै मिलेर पार्टी सम्हालौं भन्ने हो,’ उनले भने ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ५ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित