‘योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्छ’ « Khabarhub

‘योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्छ’


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्वान्टम भौतिकशास्त्री डा. जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन्।

 नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

‘योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘योग र यज्ञले समाजमा शान्ति स्थापना गर्छ। यी दुवै विषय स्वर्णयुगका उच्चतम् प्रविधि हुन्। यीभन्दा शक्तिशाली विषय संसारमा कुनै पनि छैन।’

योग र यज्ञका माध्यमबाट नै नेपालले विश्वको नेतृत्व लिन सक्छ भन्ने महर्षि महेश योगीको दृष्टिकोण थियो। ५० वर्षअघि नेपाल आएका महर्षि महेश योगीले नेपालले संसारको नेतृत्व लिन सक्ने धारणा व्यक्त गरेका थिए। सोधही विषयलाई थप प्रकाश पार्दै डा. हेगलिनले यसका रणनीति प्रस्तुत गरेका थिए। उनका अनुसार विश्वको नेतृत्व लिने नेपालका दुई वटा रणनीति  योग र यज्ञ भएको उल्लेख गरे।

अमेरिकास्थित ट्रान्सेन्डेन्टल मेडिटेसन अर्गनाइजेसनका निर्देशकसमेत रहेका डा हेगलिनले नेपाललाई विश्वको नेतृत्व लिन सक्ने बनाउनका लागि आफूहरूले योगविज्ञान र यज्ञयज्ञादिका विषयलाई मुख्य रूपमा जोड दिएको उनको भनाइ छ। फाउन्डेसनले चम्पादेवीमा क्याम्पस स्थापना गरेको छ। क्याम्पसमा यज्ञ र योगका विषय अध्ययन अध्यापन हुँदै आएका छन्।

महर्षि महेश योगी नेपाल आएको ५० वर्ष पुगेको अवसरमा आयोजित महायज्ञमा उनले नेपालले मात्र प्राचीन वैदिक ज्ञान बुझ्न सक्ने भएकाले विश्वको नेतृत्व गर्न सक्ने क्षमता पनि नेपालसँग भएको उल्लेख गरेका थिए। विज्ञान, प्रविधि र सार्वजनिक नीति अध्ययन संस्थानका निर्देशक वैदिक ज्ञानको सदुपयोग गर्न सकेन संसारलाई नेतृत्व गर्ने क्षमता विकास गर्न नेपालका लागि टाढाको कुरा नभएको उल्लेख गरे।

विश्वलाई पूर्णरूपमा स्वस्थ बनाएर विश्वमा शान्ति स्थापना गर्न सकिन्छ भन्ने कुरा महर्षि योगीले पनि भनेको कुरालाई आफूहरूले पटकपटक दोहोर्‍याउँदै आएको बताए।

अमेरिकास्थित महर्षि इन्टरनेसन युनिभर्सिटीका निवर्तमान अध्यक्षसमेत रहेका डा हेगलिनले वैदिक प्रणाली र आधुनिक वैज्ञानिक प्रणालीमा आधारित शिक्षा दिनका लागि आफूहरूले विश्वविद्यालय सञ्चालन गरिरहेको बताए।

‘एमआईयू पश्चिमा जगतमा वैदिक ज्ञानको केन्द्रबिन्दु बनेको छ। अमेरिका र विश्वका मेडिकल डाक्टरहरू आयुर्वेद अध्ययनका लागि एमआईयूमा आउने गरेका छन्,’ उनले भने, ‘गत महिना मात्र अमेरिकी मेडिकल असोसिएसनले आयुर्वेदलाई मान्यता दिएको छ। एमआईयू नभएको भए यो काम पूरा हुने थिएन।’

एमआईयूमा सबै किसिमका योग, संस्कृत, वास्तुविद्यालगायतका वैदिक प्रणालीअनुसारका विषय अध्ययनअध्ययापन र अनुसन्धान हुने बताए। 

‘संसारको स्वास्थका लागि आयुर्वेद महत्वपूर्ण छ,’ उनले भने। क्वान्टम फिजिक्सका अध्येता डा हेगलिनले आयुर्वेद र भौतिकशास्त्रका समानता पनि केलाएका थिए। कार्यक्रममा वैदिक ज्ञानप्रणालीमा रहेर विभिन्न क्षेत्रका काम गरिरहेका व्यक्तित्वले वैदिक ज्ञान, योग र यज्ञादिका विषयमा धारणा प्रस्तुत गरेका थिए। हेगलिन इन्टरनेसनल सेन्टर फर इन्भिन्सिबल डिफेन्सका कार्यकारी निर्देशकसमेत छन्।

महायज्ञमा १ हजार १११ जनाले रुद्रिपाठपारायण गर्न सुरु गरेका छन्। कार्यक्रम कात्तिक २५ गते समापन हुने फाउन्डेसनका अध्यक्ष दीपक बास्कोटाले जानकारी दिए।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ७ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित