शपथग्रहण गर्दागर्दै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष « Khabarhub

शपथग्रहण गर्दागर्दै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– शपथ ग्रहण गर्दा गर्दै एकजना नवनिर्वाचित वडाध्यक्ष पक्राउ परेका छन् ।

व्यक्ति हत्या आरोप लागेका सप्तरीस्थित नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले शपथ ग्रहण समारोहबाट पक्राउ गरेको हो।

उनी गत मंसीर १६ गतेको स्थानीय तहको उपनिर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनलाई कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

चुनावी परिणाम

उनी डाक्नेश्वरी नगरपालिका-१ को अध्यक्षमा ६ सय ५२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत ल्याएकी थिइन्।

त्यहाँ नेकपा एमालेका भगवानी साहले दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले एक सय ६५, अशोक राई नेतृत्वको जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेकपा (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले दुई मत ल्याएका थिए ।

के थियो घटना ?

साहमाथि जवरजस्ती करणी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको अभियोग लागेको थियो ।

२०७८ चैत २२ गते बिहान सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ माधोपुरमा धीरेन्द्रकुमारसहितले एकजना महिलालाई जवरजस्ती करणी गरी  मारेको भन्दै जाहेरी परेको थियो ।

साहसहितविरुद्ध जवरजस्ती करणी र कर्तव्य ज्यान शीर्षक मुद्दाको जाहेरी २०७९ साउन १७ गते हुलाकबाट जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो ।

त्यसपछि २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालयबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जाहेरी दरखास्त पुगेको थियो ।

उक्त प्रकरणमा उच्च अदालत जनकपुरको राजविराज इजलासबाट २०८० चैत ४ गते यस घटनामा परमादेश जारी भएको थियो । त्यसपछि उच्च सरकारी वकिल कार्यालय राजविराजमार्फत् इलाका प्रहरी कार्यालय कल्याणपुरमा गत साउन ६ गते उक्त परमादेश पुगेको थियो ।

त्यसपछि गत साउन १४ गते इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता हुन पुगेको थियो । प्रहरीले यस प्रकरणमा साउन १५ गते नै पक्राउ अनुमति लिइसकेको थियो ।

तर, साह यही मंसिर १६ गतेको उपनिर्वाचनमार्फत् निर्वाचित भइसकेको अवस्थामा प्रहरीले बिहीबार अपरान्ह पक्राउ गरेको हो ।

३८ वर्षीय उनलाई वडाध्यक्षको शपथ ग्रहण गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले पक्राउ गरेर हिरासतमा लिएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ५ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित