फेरि विवादमा पूजा शर्मा, समीक्षाले भनिन्- मलाई यसरी बारम्बार प्रहार नगर « Khabarhub

फेरि विवादमा पूजा शर्मा, समीक्षाले भनिन्- मलाई यसरी बारम्बार प्रहार नगर


१८ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एप्रोन जस्तो लुगा लगाएर गत भदौ ८ गते चलचित्र ‘सतिदेवी’को प्रिमियरमा पुग्दा ट्रोल बनेकी नायिका पूजा शर्मा फेरि अर्को विवादमा परेकी छिन् ।

अभिनयभन्दा विवादै विवादले चर्चामा आइरहने पूजाले यसपटक चर्चित गायिक समीक्षा अधिकारीसँग जोडिएको एक प्रसङ्गबारे गरेको टिप्पणीका कारण आलोचना खेप्नुपरेको हो।

सबैभन्दा बढी विवादमा आउने नायिकाकको छवि बनाएकी उनले समीक्षाको व्यक्तिगत जीवनबारे एउटा पडकास्टमा गरेको टिप्पणीका कारण आलोचित हुनुपरेको हो ।

पूजाको उक्त अभिव्यक्तिलाई लिएर स्वयम् गायिका समीक्षा अधिकारीले पनि सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी छन् । समीक्षाले अदालतको काम पोडकास्ट सञ्चालक र कलाकारहरूले गरिरहेको भन्दै आक्रोश पोखेकी हुन् ।

‘अदालत नै पोडकाष्टहरू हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकार हुन् भने, उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि’, उनले आफूसम्बद्ध पुरानो प्रकरणबारे भनेकी छन्, ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ।’

के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा आफूलाई मायाको तराजुमा जोखेर माफी दिन तयार भएको प्रसंग निकाल्दै समीक्षाले पूजाको व्यवहारप्रति आक्रोश पोखेकी हुन् ।

‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र, माफी दिएर सावित गरिदिएँ’, उनले आफूसँग जोडिएको पुरानो घटना क्रमबारे अगाडि भनेकी छन्, ‘त्यसयता सबै ‘नर्मल’ चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?’

उनले पूजाको व्यवहार र भूमिकामाथि प्रश्न उठाउँदै अरूलाई बदनाम गरेर फिल्म चलाउन खोज्नु ठीक नहुने बताएकी छन् । ‘यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?’, उनले पूजाप्रति प्रश्न उठाएकी छन्, ‘सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ‘तिमी मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ, मानेँ । अहिले पनि मानेकी छु। मान्छु, तर यसरी पीडा नदिनुस् प्लिज !’

के भनेकी हुन् पूजाले ?

विवादको घेराबाट माथि उठ्न कहिल्यै नसकेकी पूजा यसपटक फेरि समीक्षाबारेको टिप्पणीले विवादमा परिन् । उक्त युट्यूब च्यानलले पाँच दिनअघि गरेको पोडकास्टमा पूजाले विवादित अभिव्यक्ति दिएकी थिइन् ।

सो पोडकास्टमा अर्का कलाकार पल शाहसँगै उपस्थित उनले आफूलाई कुनै बेला टिमबाटै आउट गर्न खोजिएको बताइन् । ‘…कतिसम्म भने एक्टर्सहरूको एउटा टिम नै बनाएको रहेछ, त्यसबाट मलाई आउट नै गरेका थिए, हाँस उठ्यो । भगवान् छ, सत्यको जित हुन्छ । र, मलाई केही पनि फरक पर्दैन । कानूनले नै प्रुफ गरिसकेको चिज हो । र, कानुनले बोलिसकेकपछि सकियो होइन ! यहाँ कसैले बोलिरहनु जरुरत पनि छैन । पललाई कसैले केहीमा हानिरहन, नाम ट्याग गरिरहन जरुरत पनि छैन । तपाईंको आफ्नै छोरा छ भने पनि सम्झिनुस् क्या !’

पूजा त्यतिमै रोकिन्‍नन्, उनले उचाइ लिइसकेको, फिल्ममा राम्रो गरिरहँदा पनि पललाई झार्न, लडाउन खोजिएको बताइन् ।

‘…किनभने जहिले पनि.. सारुक (सारुक ताम्राकार) को इन्सिडेन्ट सम्झिनु न, आज सारुकको ममीले न्याय पाउन सकिएको छैन’, उनले अगाडि भनिन्, ‘स्टोरी नै फरक हो क्या ! पललाई अरूसँग नदाँजिदिनुस् क्या ! स्टोरीलाई बुझौँ . के हो ? राइट-रङ जानेर मात्रै नाम ट्याग गरौँ ।’

पूजाले पललाई सुपरस्टारको संज्ञा दिँदै अझै जोगिएर हिँड्नुपर्ने पनि बताइन् । ‘पल अझै जोगिएर हिँड्नुपर्छ। ऊ धेरै माथि पुगिसकेको मान्छे हो’, उनले भनिन्, ‘उनलाई अझै फसाउन सक्छन्, उनी जोगिएर हिँड्नुपर्छ ।’

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १२ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित