ब्रान्डसहित सिस्नु उत्पादनमा कुञ्चोकका महिला « Khabarhub

ब्रान्डसहित सिस्नु उत्पादनमा कुञ्चोकका महिला


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न  एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । 

सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिकरूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी निर्मला सुनारले बताइन् । ‘अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौँ,’ उनले भनिन् । अहिले नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ ।

माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । सहकारीमा छलफल भएपछि महिलाले यसको खेती सुरु गरेका हुन् । सिस्नुलाई पाउडर, हरियो सिस्नुका साथै अनेक परिकार बनाउने  गरिएको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापामगरले बताइन्।

‘यसलाई एउटा नाम दिएर राजधानीलगायत अन्य स्थानमा  पुर्‍याउने लक्ष्य लिएका छौँ,’ उनले भनिन्,’यसका लागि गाउँपालिकामा कुरा गरेका छौँ ‘ । सुरुमा दश जनाको महिला समूहले कृषि उत्पादनमा सिस्नुलाई नै रोजेका हुन् । अहिले गाउँका अन्य महिलालेसमेत सिस्नु खेती गरेका छन् । 

‘सिस्नु उत्पादन गर्न थालेयता हाम्रो छुट्टै पहिचान बनेको छ।’ अध्यक्ष थामामगरले भनिन् । सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक १५ हजारसम्म आम्दानी गर्दै आएका छन्  । ‘उत्पादन धेरै ठूलो परिणाममा हुने थालेपछि बजारको खोजीमा छौँ’ व्यावसायिक सिस्नु खेतीमा रमाएकी सुन्तली नेपालीले भनिन्, ‘त्यत्तिकै खेर गइरहेको सिस्नुबाट घरखर्च चल्ने रहेछ ।’ यताउति यत्तिकै उम्रिरहेका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नुलाई धुलो पार्ने उपकरण उपलब्ध गराएपछि महिलाले यो खेतीलाई व्यावसायिक बनाएका हुन् । पच्चीस सदस्यमध्ये दश जनालाई विभिन्न संस्थाले  तालिम दिनाका  साथै उपकरण उपलब्ध गराएका थिए  । सिस्नुको उत्पादन देखेपछि गाउँमा यसको लहर नै चलेको छ । गाउँलेले खेतबारीमा पनि सिस्नुको उत्पादन बढाउन थालेपछि महिलाको समूहमा झनै उत्साह बढेको छ । ठूलो परिणाममा उत्पादन हुन थालेपछि बजारका लागि गाउँपालिकामा  सहकारीले अनुरोध गरेको अध्यक्षले थापामगरेले बताइन्। 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  २ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित