७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफू कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री पाण्डे « Khabarhub

७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफू कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री पाण्डे


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरु परिर्वतन भएर लाग्नुपर्ने बताएका छन् ।

‘अब ७८ वर्ष भएका शेरबहादुर देउवालाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको सुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन हुनुपर्‍यो’ शुक्रबार कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले भने ।

नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरुले गत (२०७९ वैशाख) को स्थानीय निर्वाचन, टिकट वितरण लगायतको कुरा उठाएपछि मुख्यमन्त्री पाण्डेले भने ‘अर्को चुनाव आउने बेला भइसक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ, हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने ?’ यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्न सक्ने बताउँदै उनले आगामी निर्वाचनमा कसरी टिकट लिने र जित्ने भन्ने तर्फ लाग्न सुझाव दिए । ‘हिजो भएको हाम्रा कमी कमजोरीलाई ‘करेक्सन’ गरेर अघि बढ्ने हो’ उनले भने ।

प्रत्येक नेता कार्यकर्तालाई आफूभन्दा माथिल्लो तहका नेताले केही गरेनन् भन्ने लाग्ने गरेको बताउँदै केन्द्रीय सदस्य एवं मुख्यमन्त्री पाण्डेले भने ‘आफूमात्र असल देख्ने हाम्रो प्रवृत्ती खराब छ, हरेकले खराब प्रवृत्ती बदल्यौँ भने को खराब, को असल भनेर अलमलिनु पर्दैन ।’

वडा सभापति देखि केन्द्रीय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने कांग्रेसको संगठन सुदृढिकरण र विस्तार हुने बताए ।

गाउँघरमा हुने विकास आयोजनामा सहभागिता जनाउने, नेतृत्व गर्ने, जनतासँगको संवाखद बाक्लो बनाएमा संगठन विस्तार गर्न सकिने उनको भनाइ छ ।

गाउँमा रहेका मानिस रोजगारीको अभावले बसाई सर्ने गरेको बताउँदै उनले भने ‘गाउँ शहर जता बसेका मानिस भएपनि हामीले उत्पादन र रोजगारीसँग जोड्न सकेनौँ भने बढ्दो क्रममा रहेको बसाइ सराइको डरलाग्दो स्थिती रोक्न सकिँदैन ।’ गण्डकी प्रदेश सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाइरहेको र त्यसमा सहभागी हुन उनले अनुरोध समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, गोरखा १ का सांसद राजेन्द्र बजगाई, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य राजनराज पन्त लगायतले प्रशिक्षणमूलक धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित