सिरहामा ग्राभेल माफियाहरूद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात « Khabarhub

सिरहामा ग्राभेल माफियाहरूद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरूले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । 

पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढिमाइ नगरपालिकामा अवैध रुपमा सञ्चालनमा रहेको ग्राभेल खानी उत्खननमा रोक लगाएको भन्दै  ग्राभेल माफियाहरूले प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेमाथी हातपात गरेका हुन । अधिकृतसहित अन्य कर्मचारीहरूलाई गालीगलौज गर्नेहरूमाथि कारबाहीको माँग गर्दै  कर्मचारीहरूले अनिश्चित कालको लागी कामकाज ठप्प गर्ने घोषणा गरेका छन्।

कमलामाई सप्लायर्स धनुषका सञ्चालक वेचन शर्माको नेतृत्वमा आएका ५-७ जनाको समूहले शुक्रवार अपरान्ह कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृत गेलालमाथि हातपात गर्नुका साथै अन्य कर्मचारीलाई समेत गाली गलौज गरेको भन्दै कारवाहीको माग गर्दै कार्यालयको सम्पूर्ण काम काज अनिश्चित कालको लागि बन्द गर्ने घोषणा गरेको छ। 

पालिकाले ग्राभेल उत्खननमा रोक लगाएको भन्दै शर्माको नेतृत्वमा आएका धनगढीमाई नपा १२ का महेश अधिकारी, वडा नम्वर ४ का रामएकवाल यादव सहित आएका ५-७ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत गोपाल ललालाई कार्यकक्षमा थुनेर हातपात गर्नुका साथै गाली गलौज गरेको भन्दै कर्मचारीहरूद्वारा नगरप्रमुखलाई दिइएको  मागपत्रमा उल्लेख गरिएको छ।

कर्मचारीहरूद्वारा जारी माग पत्रमा, ‘उच्छृङ्खल समूह प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ढोका थुनेर अस्थायी रुपमा खानी बन्द भएको विषयलाई लिएर किन खानी बन्द गरीस, खानी बन्द गर्ने अधिकार तलाई कसले दियो ? भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गरी पानीको बोतल प्रहार गर्दै हात पात समेत गरेको छ।’

ठेकेदारहरूले ग्राभेल जथाभावी उत्खनन गरेको र राजश्व समयमा नतिरेको भन्दै नगरपालिकाले पटक पटक उत्खननमा अस्थायी रोक लगाउँदै आएको छ।

‘नगर प्रहरी र सेवाग्राहीको सहयोगमा बल प्रयोग गरी निजहरूलाई मुस्किलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट बाहिर निकाले पनि प्रमुख प्रशासकीय अधिकृत एवम् कर्मचारीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको कर्मचारीद्वारा जारी माग पत्रमा उल्लेख गरेको छ।

कार्यालय समयमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी कोही पनि सुरक्षित नभएको र उक्त घटनाको दोषी माथि कारवाही नभएसम्म यस नगर पालिकाको कार्यालय तथा वडा कार्यालयमा कार्यरत हामी सम्पूर्ण कर्मचारीहरूलाई शान्ति सुरक्षाका व्यवस्था नभएसम्मको लागि कामकाज गर्न असमर्थ रहेको उल्लेख गरेको छ।

यस सम्बन्धमा धनगढीमाई नगरपालिका १२ नम्वर वडाका वडा अध्यक्ष तथा प्रवक्ता जय प्रकाश ठाकुरसँग बुझ्दा उनले आफूले अझै आधिकारिक जानकारी नपाएको भन्दै घटनाको विषयमा अन्यत्रबाट जानकारी पाएको बताए। 

यो क्षेत्रमा विकास निर्माणको नाममा मनपरी अवैध रुपमा ग्राइभेल उत्खनन गर्दै आएको छ । यस प्रति नगरपालिका तथा प्रहरी प्रशासन समेतको उदासिन देखिएको बताइन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ६ : ५२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित