ख्वपमा दुई दिने राष्ट्रिय सम्मेलन सुरु « Khabarhub

ख्वपमा दुई दिने राष्ट्रिय सम्मेलन सुरु


१३ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेजको आयोजनामा थर्ड नेशनल कफरेन्स अ मल्टिडिसिपनेलरी एपरोच टु एडरेस करेन्ट च्यालेन्जेज विषयक दुई दिने राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी समारोह उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरूले समाजलाई बुद्धिजीवीकरण गर्न र भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भक्तपुरका जनप्रतिनिधिहरुले असल नियतले इमानदारीपूर्वक जनताको सेवा गर्नुलाई नै ख्वप मोडलको रुपमा देशव्यापी रुपमा प्रचार भइरहेको बताउँदै असल राजनीति  र नेतृत्वले व्यापक जनताको हित हुने हुँदा युवा विद्यार्थीलाई राजनीति गर्न उत्साहित गर्नुपर्ने बताए ।

विकेन्द्रीकरण र स्वायत्तताको सिद्धान्तका आधारमा देश अगाडि बढ्न नसकेकै कारण नेपालमा संघीयता असफल हुँदै गएको बताउँदै अध्यक्ष बिजुकछेंले शासकहरुमा विवेक र नैतिकताको कमी भएकै कारण देश भ्रष्टाचारको अखडा बन्दै गइरहेको उल्लेख गरे । देशलाई बन्धक राख्ने विदेशी दलालहरूले देशको हितमा काम गर्न नसक्ने बताउँदै उनले प्रदेश सरकारले आफ्नो औचित्यता प्रष्ट गर्न नसक्नु लज्जास्पद विषय भएको बताए ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले विश्वविद्यालयहरू अनुसन्धानको केन्द्र बन्नुपर्ने धारणा राख्दै देश र समाजको लागि समर्पित जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले ८ वटा कलेजहरू सञ्चालन गर्दै आइरहेको बताए । देशमा भइरहेको बेथिति र विकृतिहरुबाट सचेत हुँदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने भक्तपुर नपाको मुख्य उद्देश्य रहेको बताउँदै नाफा र फाइदाको निम्ति नेपाली नागरिकलाई विदेशी बनाउन तयार हुने शासकहरुबाट नेपाली जनता सचेत हुन जरुरी रहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाइँले सम्मेलन पूर्ण सफलताको शुभकामना दिँदै आगामी वर्षमा पनि बौद्धिक गतिविधि र प्राज्ञिक अभ्यासले निरन्तरता पाउने विश्वास व्यक्त गरे । कोभिड १९ संक्रमणका कारण विश्व पर्यटनमा नकारात्मक असर पारेको बताउँदै उनले शासकहरू देशको रक्षक हुनुपर्नेमा त्यसको विपरीत काम गरिरहेको बताए । 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ६ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित