‘मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्छ’ « Khabarhub

‘मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्छ’


१३ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जानकी– मानव अधिकार उल्लङ्घनका घटना तथा मानव अधिकारका पक्षमा राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिकोत्सवका अवसरमा मानव अधिकार आयोग नेपालगञ्जले आज यहाँ आयोजना गरेको कार्यक्रममा नागरिकले आफ्नो अधिकारको प्रत्याभूति गर्न नपाइरहेको अवस्थामा आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा प्रमुख अथिति उच्च अदालत तुल्सीपुरका न्यायाधीश भानुभक्त शर्मा न्यौपानेले मानव अधिकार संरक्षण र संवर्द्धनमा जनतालाई अझै पनि सचेत र सजग गराउन आवश्यक रहेको बताए । ‘मानव अधिकार उल्लङ्घनका घटना के हुन् र कस्ता हुन्छन् भन्ने विषयमा जनता अझै पनि अन्योलमा छन् । यसले गर्दा घटना घट्ने सम्भावना हुने हुँदा यस विषयमा जनतालाई सचेत गराउन आवश्यक छ’, उनले भने । 

न्यायाधीश शर्माले मानव अधिकारका घटना आयोगमा जति दर्ता हुनुपर्ने हो त्यति दर्ता हुन नसकेको उल्लेख गर्दै घटना दर्ता प्रक्रियामा पनि गम्भीर हुन आयोगलाई सुझाव दिए। उनले समग्रमा मानव अधिकारको संरक्षणमा आयोगको भूमिका महत्वपूर्ण भएकाले पारदर्शी भएर काम गर्नुपर्नेमा जोड दिए । 

मानव अधिकार उल्लघङ्नको कानुन नहुँदा पनि उच्च र सर्वोच्च अदालतले यस क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै न्यायाधीश शर्माले अहिले समयसापेक्ष कानुन भएकाले नागरिकका पक्षमा गम्भीर भएर काम गर्न आयोगलाई आग्रह गरे । 

कार्यक्रममा आयोगका कार्यालय प्रमुख द्वारिका शर्मा अधिकारीले सकारात्मक कुरालाई आत्मसात् गर्दै आगामी दिनमा आफ्ना कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘विगतमा हामीबाट अन्जानमा भएका गल्तीहरूलाई समीक्षा गरेर आत्मसात् गर्दै ती गल्तीलाई कमजोरीका रुपमा स्वीकार गरेका छौँ’, उनले भने , ‘आगमी दिनमा तीनै कमजोरीलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’   

कार्यक्रमका सहभागीहरूले तीनै तहको सरकारले मानव अधिकारसम्बन्धी कार्यक्रमको आयोजना बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बाँकेका मानव अधिकारकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखलगायत विभिन्न सङ्घसंस्थामा आबद्ध अभियन्ताहरूको सहभागिता थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १२ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित