विकासले फड्को मार्दैछ दुर्गम गाउँमा « Khabarhub

विकासले फड्को मार्दैछ दुर्गम गाउँमा


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– काठेखोला गाउँपालिका-८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ । 

चालु आर्थिक वर्षमा यस वडामा रू सात करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा रहेको छ । पच्चीस वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र संघीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन् ।

लेखानीमा विनियोजित रकममध्ये रू पाँच करोड ५५ लाख संघीय र रू ९० लाख प्रदेश सरकारबाट तथा रू ८८ लाख ६४ हजार काठेखोला गाउँपालिकाबाट विनियोजन भएको गाउँपालिका कार्यालयले जनाएको छ । 

चालु आवमा पदमार्गका नौ योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट गरी रू ५८ लाख ७४ हजार चार सय विनियोजन भएको काठेखोला-८ का वडाध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिएका छन् । उनका अनुसार मोटरबाटो निर्माणका लागि छ योजनामा गाउँपालिका, गण्डकी प्रदेश र संघीय सरकारको गरी रू पाँच करोड ९९ लाख बजेट व्यवस्थापन भएको हो ।

दुई खेल मैदान निर्माणका लागि चालु आवमा काठेखोला र गण्डकी प्रदेशले लेखानीमा रू १४ लाख विनियोजन गरेका छन् भने विद्यालय सुधार तथा गुणस्तरीय शिक्षा कार्यक्रमका लागि गण्डकी प्रदेशबाट रू पाँच लाख प्राप्त हुनेछ । 

सिँचाइ तथा खानेपानीका लागि प्रदेश र गाउँपालिकाको रू १२ लाख, पोखरी तथा ताल निर्माणका दुई योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट रू ११ लाख, वातावरण संरक्षण तथा झाँडी सरसफाइका लागि गाउँपालिका र संघीय सरकारबाट रू २३ लाख ९० हजार बजेट विनियोजन भएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिएका छन् । 

उनका अनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि गाउँपालिकाले रू १० लाख बजेट विनियोजन गरेको छ । सबैभन्दा ठूलो रकम संघीय सरकारबाट सुल्डाँडा लेखानी सेतीचौर देउराली सडक स्तरोन्नतिका लागि रू पाँच करोड विनियोजन भएको प्रवक्ता विकले बताएका छन् ।

ओखले कोटपखेरा बराहथान पहिरो नियन्त्रणका लागि २० लाख र थाननेटा गाजा दह हुँदै शान्तिपुर जोड्ने सडक निर्माणका लागि संघीय सरकारबाट रू ३५ लाख विनियोजन भएको वडाध्यक्ष कँडेलले जानकारी दिए ।

सुल्डाँडा लेखानी सेतीचौर देउराल सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट रू २५ लाख, लेखानी प्रावि हुँदै भट्टेबारी पदमार्गका लागि रू पाँच लाख, काशीराम छन्त्याल प्रावि मर्मतका लागि रू पाँच लाख, सेतीचौर जलाशय निर्माणका लागि रू १० लाख विनियोजन भएको छ । 

त्यस्तै, प्रदेश सरकारबाटै फार्सलखोला कोलेलीडाँडा सिँचाइ कुलोका लागि रू १० लाख, कादेश आधारभूत विद्यालय खेलमैदान निर्माण गर्न रू पाँच लाख र कादेश चित्रेदेउराली सडक निर्माण गर्न ३० लाख बजेट विनियोजन गरेको वडाध्यक्ष कँडेलले जानकारी दिए । 

उनका अनुसार काठेखोला गाउँपालिकाबाट भुमेचौर गौडा हुँदै कादेश मोटरबाटोका लागि रू आठ लाख, रोगालखोला माटखत्री पातल पदमार्ग निर्माण गर्न रू नौ लाख ७४ हजार, सिमथानदेखि डैलेखानी घुम्तीसम्म पदमार्गलाई रू नौ लाख, भुमेचौर माईस्थान च्यानडाँडा हुँदै उपल्लाथर पदमार्ग निर्माण गर्न रू नौ लाख विनियोजन भएको छ । 

झाँडी तथा रुख कटानका लागि काठेखोलाबाट रू तीन लाख ९० हजार, कादेश खानेपानी योजना मर्मतका लागि रू दुई लाख, भुमेचौर खेलमैदान निर्माण गर्न रू नौ लाख, छेडादेखि वडा कार्यालयसम्म पदमार्गका लागि रू १० लाख, झरुवापाटा भिरकुना पदमार्गका लागि रू चार लाख विनियोजन गरिएको कँडेलले बताएका छन् । 

पीपलबोट भ्यूटावर सेतीचौर पदमार्गलाई रू चार लाख, सेतीचौर कुटाखर्क हलहले पदमार्गलाई रू चार लाख, सडक मर्मत सुधार योजनाका लागि रू चार लाख, पुच्छरघर माईथान पदमार्गलाई रू चार लाख, खाली पोखरी निर्माणका लागि रू एक लाख र लेखानी स्वास्थ्यचौकी ट्रस निर्माणका तथा मर्मत योजनाका लागि १० लाख विनियोजन भएको कँडेलले जानकारी दिए । उनका अनुसार लेखानीले यसपटक गाउँपालिकाको बजेटबाट १५ वटा योजना बनाएको छ । 

थोरै योजना बनाएर देखिनेगरी बजेट खर्चनुपर्ने वडाध्यक्ष कँडेल बताएका छन्। यस आवमा गाउँपालिकाले दसैँको छेको पारेर योजना सम्झौतासहितको एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । काठेखोला-८ लेखानीले भने त्यसअगावै उपभोक्ता समिति गठन गरेर अधिकांश योजना सम्झौता गरेर कार्यान्वयनको चरणमा पुगिसकेको जनाएको छ ।

‘अहिलेसम्म यस वडामा जनचाहनाअनुसार विकास हुन सकेको थिएन । विकासका लागि धेरै बजेट चाहिन्छ, गाउँपालिकाको बजेट मात्रै कुरेर बस्ने हो भने काम गर्नै सकिन्न’, वडाध्यक्ष कँडेलले भने, ‘पालिकामा आउने सीमित बजेट हुन्छ, प्रदेश र संघीय सरकारबाट योजना पार्नसके मात्रै काम देखिने हो । अहिले प्रदेश र संघीय सरकारबाट योजना परेसँगै बजेट पनि ल्याउन सकिएको छ । अब विकासले फड्को मार्नेछ ।’

गाउँपालिकाका प्रवक्ता विकले वडा नं ८ पछिल्लो समय अब्बल वडा बन्दै गएको बताए । यस वडामा विगतदेखि ससाना योजना परेर काम भए पनि ठूला विकास निर्माण भने कम भएको उनको भनाइ थियो । पालिकाले सबै वडालाई समानुपातिकरुपमा बजेट विनियोजन गर्दै आएको प्रवक्ता विकले बताएका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित