झापामा हात्तीले घर, पसल भत्काउँदा एक लाखभन्दा बढी क्षति « Khabarhub

झापामा हात्तीले घर, पसल भत्काउँदा एक लाखभन्दा बढी क्षति


८ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा जङ्गली हात्तीले दैनिकजसो गाउँ सहर छिरेर स्थानीयवासीलाई दुःख दिइरहेको छ । आहाराको खोजीमा गाउँ पस्ने हात्तीले लाखौँको क्षति गर्दै आएको छ ।

आज बिहान मात्र दमकमा किराना पसल र स्थानीयको घर भत्काएर करिब रु एक लाखभन्दा बढीको सामान खाइदिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने हात्तीले साँझ बिहान घरमा भण्डारण गरेको अन्नबाली खाइदिने, लहलह भएको धान कुल्चेर नष्ट गर्नेदेखि किराना पसल नै फोरेर सामान खाने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आज बिहान मात्र जङ्गली हात्तीले दमक नगरपालिका–३ दीपज्योति चोकका वीरबहादुर खत्रीको किराना पसल भत्काएर रु ६० हजारको सामान खानुको साथै नष्ट गरेको छ ।

प्रेमबहादुर निरौलाको किराना पसलको पक्की पर्खाल भत्काएर फ्रिजमा क्षति पु¥याएको छ । फ्रिज भत्काउँदा रु २५ हजार बराबरको क्षति पुगेको उनले बताए । सोही स्थानका बलबहादुर श्रेष्ठको जस्ताको छानो, टाटीको बेरा भएको घर भत्काएर भण्डार गरेको रु सात हजार बराबरको चामल, मकै खाइदिएको उनको भनाइ छ ।

मेचीनगर, कचनकवल, हल्दिबारीका विभिन्न स्थानमा दैनिक जसो हात्तीले स्थानीयवासीको घर भत्काउने, भण्डारणको अन्न खाइदिने गर्दै आएको छ ।

जिल्लामा करिब १२ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । पछिल्लो समय गाउँसँगै हात्ती सहर केन्द्रित हुन थालेको छ ।

केही समयअघि कनकाई नगरपालिकाको सुरुङ्गा बजार, चारआली बजारलगायका क्षेत्रमा प्रवेश गरेर हात्तीले पसल भत्काउने, व्यापारीले राखेको फलफूल खाइदिने गरेको थियो । रैथाने हात्ती हुल बाँधेरभन्दा पनि एक्लै हिँड्ने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  १० : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित