आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न प्रहरीको चेतनामूलक अभियान « Khabarhub

आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न प्रहरीको चेतनामूलक अभियान


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले आगलागीका घटना न्यूनीकरण गर्न जिल्लामा जनचेतनामूलक अभियान सुरु गरेको छ । आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा जनचेतनामूलक अभियान सुरु गरेको हो ।

अभियानका क्रममा प्रहरीले विद्यालय, हाटबजार, मन्दिरलगायतमा जनचेतनामूलक कार्यक्रम गर्दै आगलागीका घटना हुन नदिन तथा भएमा बच्ने उपायका बारेमा जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिए । ‘आर्थिक वर्ष २०८०÷८१ मा आगलागीका आठ वटा घटना भइसकेका छन् । जसबाट केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १५ वर्षीया किशोरी सरिता तामाङ घाइते भई काठमाडौँको शिक्षण अस्पताल माहाराजगञ्जमा उपचाररत रहनुभएको छ । यसका साथै २९ वटा पशुचौपाया र १५ वटा पंक्षीसमेत आगलागीबाट क्षति भएको देखिन्छ’, उनले भने, ‘भौतिक क्षतितर्फ पाँच घर र पाँच गोठमा क्षति हुँदा करिब रु ३६ लाख २० हजार बराबरको क्षति भएको छ ।’

बिजुली र ग्यासको पहुँच नभएका ग्रामीण बस्तीमा टुकी, अँगेनामा बालिएको आगो ननिभाई छाड्नु आदि कारणले आगलागी भएको पाइएको प्रहरीले जनाएको छ । बजार क्षेत्रका बस्तीमा भएको आगलागीको मुख्य कारण भने विद्युत्, ग्यास सिलिन्डर पड्कनु, ग्यास लिक हुनु र धूप बाल्ने चलन आदि रहेका छन् ।

यसैलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला भरिका प्रहरी कार्यालयमार्फत आगलागी नियन्त्रणसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । जसअनुसार जिल्ला प्रहरी कार्यालय खोटाङले रत्नपार्क, त्रिवेणीचोक, डाँडाटोल, पञ्चदोबाटो, बानाचुङ, हुलाकी टोल, लेवरगाँउ, वातेमा गाउँ, कटुवाल टोल, तालखर्क, चालिसे, याम्खा, नुनथला, गैरीगाउँमा गरी बिहीबार एकै दिन १४ स्थानमा कार्यक्रम सम्पन्न गरेको छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : २२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित