विराट कोहलीको शानदार इनिङ्सका कारण विश्वकपमा भारतको पाँचौं जित « Khabarhub

विराट कोहलीको शानदार इनिङ्सका कारण विश्वकपमा भारतको पाँचौं जित


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराट कोहलीको अर्को शानदार इनिङ्सका कारण भारतले विश्वकपमा लगातार पाँचौं जित दर्ता गरेको छ ।

आइतबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको हो । लक्ष्य पछ्याउने क्रममा विराट कोहलीले ९५ रनको इनिङ खेले ।यस खेलमा विराटलाई समर्थन गर्न अनुष्का शर्मा स्टेडियममा थिइनन् ।

तर, उनले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी छिन् । विराटको यो म्याच जिताउने इनिङ्समा अनुष्काले गर्व महसुस गरिरहेको बताएकी छिन् । उल्लेखनीय छ कि विराटको यो इनिङका कारण भारतले २० वर्षपछि आईसीसी प्रतियोगितामा न्युजिल्याण्डलाई हराएको हो ।

अनुष्काले पति विराटका लागि ‘स्टर्म चेजर’ शब्द प्रयोग गरेकी छिन् । यसको मतलब एक व्यक्तिले ठूलो आँधीबेहरीलाई पछ्याउँदै आफ्नो लक्ष्य प्राप्त गर्दछ। यो विराटको लागि पनि सत्य हो किनभने एक समय टीम इन्डियाको अवस्था बिग्रिएको थियो। राम्रो सुरुआत गरे पनि एक छेउमा लगातार विकेट पतन भइरहेको थियो ।विराट एक छेउमा उभिए र अन्तिमसम्म लडे र टोलीलाई जित दिलाए। अनुष्काले एक नभई तीनवटा स्टोरी सेयर गरेकी छन् ।

अनुष्का शर्मा विराटलाई चियर गर्न स्टेडियम पुगिरहेकी छिन् । यद्यपि उनी यस खेलमा उपस्थित थिएनन्। यसपटक उनी घरबाट खेल हेर्दै थिइन् । उनी पाकिस्तानविरुद्धको खेलका लागि भने रंगशाला पुगेकी थिइन् । अनुष्का र भारतका कप्तान रोहित शर्माकी पत्नी ऋतिका सजदेह सँगै बसेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित