बलात्कार आरोपमा पाँचजना पक्राउ « Khabarhub

बलात्कार आरोपमा पाँचजना पक्राउ


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा, दाङ र बाँकेबाट बलात्कार आरोपमा पाँचजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  झापाको मेचिनगर नगरपालिका-३ बस्ने इलाम रोङ गाउँपालिका-६ स्थायी वतन भएका २० वर्षीय दिपेश प्रधानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका-३ किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  दाङको घोराही उपमहानगरपालिका-१५ बस्ने ३१ वर्षीय सुवास पुलामीलाई प्रहरीले पक्राउ गरेको छ । पुलामीले ती महिलालाई विवाह गर्छु भनी ललाइ फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बाँकेको २० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका-१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रविण थापा रहेका छन् 

युवराज, समिर, प्रविण र जानकी गाउँपालिका-२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले ती महिलालाई सोही गाउँपालिका-१ जलपोखरीस्थित अरहरी बारीमा लगि कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो । हाल फरार सन्देश थापा क्षेत्रीको प्रहरीले खोजी गरिरहेको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित