ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास « Khabarhub

ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् ।

एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताए ।

हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्धजलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको अधिक सम्भाव्यता रहेको तथा सौर्य ऊर्जाको पनि उत्तिकै सम्भाव्यता रहेको जानकारी दिएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

नेपालको भौगोलिक विविधताका कारण अफ ग्रिड प्रणालीको आवश्यक भएको उल्लेख गर्दै उनले साना र मझौला प्रकृतिका प्रसारण प्रणालीमार्फत नवीकरणीय ऊर्जाको वितरण भइरहेको बताए । ऊर्जा सुरक्षालाई नेपालले प्राथमिकतामा राखेको तथा खपत गरेर बचत भएकोे बिजुलीको व्यापारका लागि सीमापार व्यापारका प्रयासबारे उनले जानकारी दिए ।

सरकारले आन्तरिक खपत बढाउनका लागि प्रसारण तथा वितरण लाइनको सुधार, प्रणालीको क्षमता वृद्धि, स्वच्छ ऊर्जा प्रवद्र्धन, स्वदेशी तथा विदेशी सार्वजनिक–निजी लगानी परिचालन गरी उत्पादन, प्रसारण, वितरण तथा व्यापार विस्तार चाहेको बताउनुभयो । साथै उनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरे ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको जानकारी दिँदै वातावरणीय सुरक्षाका लागि पनि नवीकरणीय ऊर्जालाई नै प्राथमिकता दिएको बताए । नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए । उनले जलवायु परिवर्तनका असर घटाउन अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको नेपालले अपेक्षा गरेको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ५ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित