‘लम्पी स्किन’ नियन्त्रणका लागि गोठ-गोठमा पशु प्राविधिक « Khabarhub

‘लम्पी स्किन’ नियन्त्रणका लागि गोठ-गोठमा पशु प्राविधिक


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पछिल्लो दुई महिनायता पर्वतमा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्रगतिमा फैलिएको छ । 

यहाँका सातवटै पालिकामा ‘लम्पी स्किन’ फैलिएपछि पशुपालक किसान समस्यामा परेका छन् । गत चैत २८ गते फलेवास नगरपालिका–९ भँगराको सिरुबारीमा किसानले पालेको एउटा गोरुमा उक्त रोग देखा परेको थियो । उक्त गोरुलाई आइसोलेशनमा राखी उपचार गरिएको थियो । उपचार पश्चात उक्त गोरुमा लागेको रोग १६ दिनमा निको भयो । भँगरासँगै त्यसपछि वडा नं ६ देवीस्थानमा पनि लम्पी स्किन रोग देखिन थाल्यो ।

 देवीस्थानलगायत क्रमशः अहिले यो रोग जिल्लाभर फैलिएको छ । फलेवास नगरपालिकाका पशु विकास शाखा प्रमुख प्रताप पौडेलका अनुसार फलेवासमा तीन सयभन्दा बढी गाईगोरुमा यो रोग देखा परेको छ । हालसम्म पाँच गाई मरेका छन् । पौडेलका अनुसार भैँसीमा यो रोग हालसम्म देखा परेको छैन । 

फलेवास नपाले लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक बजेट रकमान्तर गरेको छ । नगरपालिकाले पशु विकास शाखाअन्तर्गत आकस्मिक पशु रोग नियन्त्रण कार्यक्रममार्फत रु तीन लाख विनियोजन गरेर काम गदै आएको शाखाले लम्पी स्किन रोग बढेसँगै बजेट अभाव भएपछि संघीय राजस्व बाँडफाँड शीर्षकबाट थप पाँच लाख विनियोजन गरेको हो । 

सुरुको चरणमा पशु विकास शाखामार्फत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले रोग नियन्त्रणका लागि फिनेल, भिर्कोन लगायतका रसायन निःशुल्क वितरण गरिसकेको छ । नेपालमा सुरुवाती चरणमा लम्पी स्किन रोगका लागि खोपको मान्यता थिएन । वैशाखको अन्तिमतिर स्वीकृत पाएसँगै नगरपालिकाले निःशुल्क खोप खरिदका लागि बजेट विनियोजन गरेको पौडेलले बताए । 

लम्पी स्किन रोग तीव्र गतिमा फैलिन थालेको र यसको उपचार पद्दति महँगो हुँदा पशुपालक किसानलाई उपचारमा व्यापक आर्थिकभार पर्ने भएकाले नगरपालिकाले खोप खरिद गरी निःशुल्क रुपमा उपचार गर्न थालेको पशु विकास शाखा प्रमुख पौडेलको भनाइ छ । शाखाले उक्त रोगको नियन्त्रण र रोकथाम गर्नका लागि १० जना प्राविधिकलाई किसानको गोठगोठमा खटाएको छ । लम्पी स्किन रोग लागेका पशुको निरन्तर जाँच तथा निःशुल्क रुपमा उपचार खट्टिएको पशु प्राविधिकले बताएका छन् । 

हालसम्म एक हजार तीन सय पशुमा निःशुल्क रुपमा खोप लगाइएको नगरपालिकाले जनाएको छ । पशुमा रोग लागेर चिन्तित बनेका पशुपालक किसान निःशुल्क उपचारसहित खोप पाउँदा हर्षित भएका छन् । काप्री पक्स भाइरसको सङ्क्रमणबाट विशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ ।

लम्पी स्किन रोग लागेका गाईबस्तुमा उच्च ज्वरो आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण देखिएको छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन् । यसका साथै कचेरा निकाल्ने, सिगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण देखिएको पौडेलले बताए ।     

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित