यातायात क्षेत्रका कर्मचारीलाई परिचयपत्र र पोशाक वितरण « Khabarhub

यातायात क्षेत्रका कर्मचारीलाई परिचयपत्र र पोशाक वितरण


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वयातायात व्यवस्थापन प्रालिले आज काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा कार्यरत यातायात क्षेत्रका कर्मचारीलाई परिचयपत्र र पोशाक वितरण गरेको छ । सो अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रलाई व्यवस्थित र सम्मानित बनाउन पोषक र परिचयपत्र वितरण गरिएको बताए । 

“हामीहरु यातायात क्षेत्रका व्यवसायी र मजदुरको सुरक्षाका लागि लागेका छौँ, यातायात क्षेत्रलाई सम्मानित बनाउनका लागि चालक तथा सहचालकको बोलीमा परिवर्तन ल्याउन जरुरी छ”, उनले भने।

नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले अस्तव्यस्त रुपमा नयाँ बसपार्कलाई नमूना बसपार्कका रुपमा स्थापित गर्न आफूहरू लागिपरेको बताए ।

‘यातायात व्यवसायी र यस क्षेत्रमा कार्यरत मजदुरको समन्वयमा नयाँ बसपार्कलाई व्यवस्थित बनाउन लागेका छौँ,’ उनले भने। नयाँ बसपार्कभित्र कार्यरत विचौलियाको अन्त्य हुनुपर्ने उनको भनाइ  छ । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले यातायात क्षेत्रका व्यवसायीको लगानीको संरक्षण गर्दै नेपालको यातायात क्षेत्रलाई नमूना बनाउनका लागि पूर्वयातायात व्यवस्थापन प्रालिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि देशभरका सार्वजनिक यातायातमा कार्यरत मजदुरलाई अनिवार्य रुपमा पोशाक र परिचयपत्रको व्यवस्था गरिने जानकारी दिए । उनका अनुसार नेपालको यातायात क्षेत्रमा मध्यम तथा न्यून वर्गको रु १० खर्ब लगानी रहेको छ भने लाखौँ व्यक्तिलाई रोजगारी प्रदान गर्दै आइरहेको छ ।

यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’ मार्फत सञ्चालन हुन थालेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत देशभरका ३० भन्दा बढी कमपनीमार्फत छुट्टाछुट्टै रुपमा सञ्चालन हुँदै आएको बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेको पूर्वयातायात व्यवस्थापन प्रालिका अध्यक्ष रजन रोक्काले जानकारी दिएका छन् ।

कम्पनीमार्फत काठमाडौँबाट काँकडभिट्टा, चितवन, मकवानपुर, बारा, पर्सा, सर्लाही, सप्तरी, धनुषा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतका क्षेत्रमा सवारीसाधन आवतजावत गर्दै आएको प्रालिका सञ्चालक सुनिल कुँवरले जानकारी दिए ।

हाल काठमाडौँबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगतमाता पाथीभरालगायत कम्पनीका बस सञ्चालन हुँदै आएका छन् ।

उक्त व्यवस्थापनअन्तर्गत हाल काठमाडौँबाट पूर्व क्षेत्रमा दैनिक पाँच सयभन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्नेछन् । हाल काठमाडौँको नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वरलगायतका क्षेत्रबाट पूर्व क्षेत्रमा बस सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ३ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित