नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की « Khabarhub

नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो संगठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताए । उनले कर्तव्य पालना गर्दा केही जोखिम हुने भए पनि परिणाम राम्रो आउनुको असल उदाहरण प्रहरी संगठन हो भने ।  

मुख्यमन्त्री कार्कीले पहुँचको आधारमा कुनै पनि अपराधी तथा गलत व्यक्तिलाई उन्मुक्ति दिन हुने उल्लेख गर्दै प्रदेश प्रहरीलाई बलियो र चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘अरुलाई सुरक्षा दिने निकाय पनि सुरक्षित हुनुपर्छ, अन्यथा सेवाग्राहीले उचित लाभ र सुरक्षित महसुस गर्न सक्दैनन् ।’

कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्य सचिव डा दीपक काफ्ले र प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले प्रहरी सङ्गठनको विविध पक्षबारे चर्चा गरेका थिए । सो अवसरमा अपराध अनुसन्धानचर्फ कोशी प्रदेशमा उत्कृष्ट भएका प्रहरी सहायक निरीक्षक किरण मगरलाई एक लाख राशिको साधनादेवी स्मृति पुरस्कार तथा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिएको भन्दै प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई रु २५ हजार राशिको विप्लव थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा सातवटै प्रदेशमध्ये व्यवस्थापनमा उत्कृष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बाँस्तोलालाई प्रहरी प्रधान कार्यालयको प्रशंसापत्र प्रदान गरिएको थियो । प्रहरी सङ्गठनमा कार्यरत प्रहरीका पढाइमा उत्कृष्ट छोराछोरीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुनेहरूमा स्नातकोत्तरतर्फ प्रमिला खड्का, एलिजा थापा, एलिशा गौतम, एलिना शर्मा, श्रीयंका राई, रविना थापा, शालिनी ठाकुर तथा एसइईतर्फ सर्वोत्कृष्ट हुने २५ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १२ : ५२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित