अमेरिकी राष्ट्रपति र चीनियाँ राष्ट्रपतिबीच वार्ता « Khabarhub

अमेरिकी राष्ट्रपति र चीनियाँ राष्ट्रपतिबीच वार्ता


३० कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान फ्रासिन्सिको– अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनियाँ राष्ट्रपति सी जिनपिङ बिचमा भेटवार्ता भएको छ । सो क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले दुई देश बिचको सम्बन्धको अवस्थालाई  रचनात्मक र फलदायी बैठकको रूपमा वर्णन गरेका छन ।

उनले सीसँगको वार्ता पछि भने, ‘हामीले केही रचनात्मक र फलदायी छलफलहरू गरेका छौं तर हामी सधैँ सहमत सबै विषयमा भएका त छैनौँ ।’ उनका अनुसार राष्ट्रपति सीसँगको उनको वार्ता सधैँ प्रस्ट रुपमा हुने गरेको छ ।

‘मेरो जिम्मेवारी यसलाई तर्कसंगत र व्यवस्थित बनाउनु हो ताकि यसले द्वन्द्वमा नलैजाओस, अमेरिकाले सबैको बारेमा सोच्ने र गर्ने पनि यही हो। अब पनि एक ठाउँ खोज्न जहाँ हामी सँगै आउन सक्छौँ र जहाँ हामी पारस्परिक चासो पाउन सक्छौँ र सबैभन्दा महत्त्वपूर्ण अमेरिकी जनताको हितमा मैले काम गर्नुपर्ने हुन्छ’ सो भेट पछि राष्ट्रपति वाइडेनले भने । 

बाइडेनले उपराष्ट्रपतिको रूपमा आफ्नो समयमा सीसँग गहिरो सम्बन्ध बनाएका थिए तर जुन पछि बिग्रँदै गयो। तैपनि उनले सीसँग सीधा सिधा वार्ता गरेका छन् । ‘म मानिसलाई चाँडो चिन्दछु, मलाई उहाँको मोडस अपरेन्डी थाहा छ, मैले उहाँको आँखामा हेरे,’ उनले भने, ‘हो हामी बिचमा धेरै नै असहमति छ। उहाँसँग धेरै चीजहरूमा मेरो भन्दा फरक दृष्टिकोण छ तर उहाँ सीधा हुनुहुन्छ।’

उनका अनुसार दुई नेता बिचमा कुनै समस्या भएमा फोन वार्तामार्फत समस्या समाधान गर्नका लागि सहमत भएका छन ताकी दुवै देश अगाडि बढ्ने कुरा गर्न चाहन्छन्। चार घण्टा लामो शिखर वार्तामा दुई नेताले फेन्टानिलको प्रवाहलाई रोक्न, सैन्य सञ्चार पुनर्स्थापना र आर्टिफिसियल इन्टेलिजेन्समा सँगै काम गर्ने विषयमा सहमति जनाएका बाइडेनले बताएका छन् ।

बिडेनले भने कि फेन्टानिलका लागि अग्रसर रसायनहरू कम गर्ने चीनको सम्झौताले जीवन बचाउने र यस विषयमा सीको प्रतिबद्धताको कदर गरेकोसमेत बताएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ९ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित