जमुनाह नाकामा भारतीय बजार जाने उपभोक्ताको लर्को « Khabarhub

जमुनाह नाकामा भारतीय बजार जाने उपभोक्ताको लर्को


२८ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपेडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयले एक सयभन्दा बढीको सामान ल्याँउदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरेपनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपाली रुपेडिहा पुग्ने गरेका हुन् । 

अहिले प्रत्येक दिन दस हजारभन्दा बढी नेपाली जमुनाह नाका हुँदै रुपेडिहामा जाने गरेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मीनबहादुर विष्टले बताएका छन् । 

‘शुक्रबार र शनिबार सीमामा थामिनसक्नु भीड लाग्ने गरेको छ’, उनले भने,’सहजरुपमा आवतजावतको लागि हरदम प्रयास गरिरहेका छौँ ।’ तीजको किनमेल गर्न रुपेडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यानलगायत स्थानका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।

अधिकांश उपभोक्ता नेपाली  हुने भएकाले रुपेडिहामा नेपाली रुपैयाँमा कारोबार हुनेगरेको छ । व्यापारीले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाका लागि सहज बनाएका  छन् । नेपाली उपभोक्ताको भरमा रुपेडिहा बजार चलेको मोफसलका पत्रकार सन्तोष शुक्लाले  बताए। तीज आउन केही दिन बाँकी रहेपनि नेपालगञ्ज बजार सुनसान छ । बजारमा उपभोक्ताको चहलपहल कम छ तर सीमा पारी भारतीय बजार रूपेडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ । चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपेडिहामै निर्भर रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । रुपेडिहा बजार नेपाली उपभोक्ताको भरमा टिकेको छ । दैनिक करिब रु एक करोडको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ ।

 दैनिक उपभोग्य सामान, तरकारीलगायत वस्तु किन्न सयौँ नेपाली सीमा पार जान्छन् । नेपालगञ्जमा चाडपर्वको बेलामा पनि कारोबारमा कमी आएको उहाँको भनाइ थियो । नेपाली उपभोक्ता भारतीय बजार किनमेलका लागि जाने परम्परा पुरानै भएकाले उनीहरूलाई नेपालगञ्जमै रोक्न नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गरे पनि निर्वाचनपछि सेलाउँदै जाने गरेको छ । 

‘हामीले सङ्घको तर्फबाट धेरै प्रयास गरेका छौंँ हाम्रो मात्रै प्रयासले केही हुनसकेको छैन । सस्तो पाइने लोभमा नेपाली उपभोक्ता रुपेडिहा जाने चलनले नेपालगञ्जका व्यवसायी धराशायी भएका छन्। ‘हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौंँ’,सङ्घका अध्यक्ष सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भने, ‘भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा हट्न सकेको छैन ।’

पछिल्लो एक सातायता किनमेल गर्न रुपेडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले बताएका छन्। उनका अनुसार दैनिक करिब दुई-तीनसय नेपाली उपभोक्ता किनमेलका लागि रुपेडिहा जाने गरेका छन् ।

 घरायसी प्रयोजनका सामान किन्न सीमावर्ती बजारतिर धाउने सीमा क्षेत्रका स्थानीयवासीसँगै चाडपर्वका बेला टाढाटाढाबाट पनि नेपाली उपभोक्तारुपेडिहा जाने गर्दछन् । घर रङ्गरोगनदेखि विद्युतीय सामग्री, मसला, फलफूल र लत्ताकपडा प्रायजसोले रुपेडिहाबाटै खरिद गरेर ल्याउने गरिन्छ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  २ : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित