पोखरामा आयोजित तीन दिने तीज सांस्कृतिक महोत्सव सम्पन्न  « Khabarhub

पोखरामा आयोजित तीन दिने तीज सांस्कृतिक महोत्सव सम्पन्न 


२८ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– हरितालिका तीजको अवसरमा पोखरामा आयोजित तीन दिने भव्य तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । 

पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) ले पहिलोपटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, महिला प्रतिष्पर्धा र महिला उद्यमी सम्मेलन लगायतका कार्यक्रम गर्दै बुधबार सम्पन्न भएको हो । 

लेकसाइडको कोमागाने पार्कमा भदौ २५ देखि आयोजित महोत्सव भदौ २७ गते अर्थात बुधबारसम्म पोखरामा पर्यटन व्यवसायलाई चलायमान बनाएर सम्पन्न भएको हो । महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिला उद्यमी, स्थानीय उत्पादन र विभिन्न महिला प्रतिस्पर्धात्मक कार्यक्रमसमेत आयोजना गरिएका थिए ।

कोभिड महामारी र आर्थिक मन्दीले सुस्त बनेको पोखराको पर्यटनलाई चलायमान बनाउन टेवानले आयोजना गरेको कार्यक्रममा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद्, नाट्टा, टान, रेबान, एनआरएन लगायत संघ संस्थाहरूको सहयोग तथा सहकार्य थियो ।

पहिलोपटक पर्यटनको राजधानी पोखरामा आयोजित तीन दिने तीज महोत्सवमा राधिका हमाल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले पनि बेजोड प्रस्तुती दिएका थिए । महोत्सवमा महिला तीज गीत प्रतिष्पर्धा, दौड, महिला भलिबल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रम पनि सम्पन्न भएका छन् ।

झण्डै एक महिना अरोरात्र खटिएर कार्यक्रम सफलतापूर्वक आयोजना भएर सम्पन्न गर्दा हर्षित देखिएकी टेवानकी अध्यक्ष कमला गिरीले पोखराले तीज महोत्सवलाई पनि स्थापित गर्दै सबै सरोकारवालालाई जोड्न सफल भएको बताइन् ।

नेपाली महिलाहरूको महान पर्व तीजलाई सरकारी सहयोगको सुनिश्चितता अझै नभएको भन्दै उनले अबदेखि बजेट आउँदा रातो किताबमै हरितालिका तीज कार्यक्रमलाई सरकारबाट सहयोग हुनुपर्नेमा जोड दिइन् । समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र थापा लगायतको ध्यानाकर्षण गराउँदै टेवानकी अध्यक्ष गिरीले आगामी दिनमा यस किसीमका कार्यक्रमलाई प्राथमिकतामा राखेर महिलाहरूको योजना, कार्यक्रम, उत्पादन र विकासशील सोचलाई परिस्कृत गर्नुपर्नेमा पनि जोड दिइन् ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्र थापाले पोखराका पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न महोत्सवले भूमिका खेलेको भन्दै आगामी दिनमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

पोखराको पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माणको काम भइरहेको भन्दै निर्माणको कामलाई लिएर पोखराको बारेमा गलत प्रचार नगर्न पनि उनले चेतावनी दिए । पर्यटक आवागमन बढाउन आगामी दिनमा धेरै काम गर्न आवश्यक रहेको भन्दै उनले पोखराको विकासका लागि सबैभन्दा पहिले पोखराका सरोकारवाला, सरकार र निजी क्षेत्र गम्भीर भएर लाग्नुपर्ने बताए ।

यस्तै टेवानकी अध्यक्ष गिरीले पहिलो संस्करणको तीज महोत्सव आयोजना गर्न गाह्रो भएपनि आगामी संस्करण गर्न सहज हुने बताइन् । धेरै ठूलो चुनौति बोकेर कार्यक्रमको आयोजना गरिएको भन्दै उनले साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।

यस्तै कार्यक्रममा सांसद सरस्वती गुरुङले पोखरामा पहिलो पटक व्यवसायिक हित र स्थानीय उत्पादनको प्रवर्द्धनको कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने बताइन् ।

यस्तै टेवानका सल्लाहकार तथा पर्यटन व्यवसायी गणेश भट्टराईले टेवानले ठूलो जोखिम उठाएर पोखराको पर्यटन प्रवर्द्धनका लागि काम गरेको भन्दै आगामी दिनमा तीज महोत्सवलाई सबैले साथ सहयोग दिनुपर्ने बताए ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकार, पोखरा तथा काठमाडौँका पत्रकार, गण्डकी प्रदेशका सबै जिल्लाका महिला व्यवसायी, पोखराका सबैजसो व्यवसायी पनि सहभागि थिए । महोत्सवका क्रममा आयोजना गरिएका महिला दौड, महिला भलिबल प्रतियोगिता र तीज गीत प्रतियोगिताका विजेतालाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  १२ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित