कर्णाली नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह « Khabarhub

कर्णाली नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ । 

पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ । गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरिन् । ‘पहाडी क्षेत्रमा भारी वर्षा भएको छ । नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ’, उनले भनिन्, ‘यही रफ्तारमा पानीको सहत बढेमा तटीय क्षेत्रमा जोखिम बढ्छ । जोखिम क्षेत्रका नागरिक सुरक्षित रहनुहोला ।’

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिइन् ।

यस्तै, विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियामा पछिल्लो २४ घण्टामा ३७ दशमलव दुई  मिलिमिटर वर्षा मापन भएको विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले जानकारी दिए ।

वर्षा निरन्तर भइरहेकाले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् । ’पानीको सहतबारे जानकारी, नदीको अवस्थाबारे जानकारी र अन्य पूर्वतयारीका कुरा साइरनमार्फत सबैलाई निरन्तर जानकारी दिन थालेका छौँ’, विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भनिन्, ‘तालिमप्राप्त टिम, बरघर, नगर प्रहरी, विपद् व्यवस्थापन समितिका सदस्य सबै तयारीमा बसेका छौँ ।’

टीकापुरको सत्ती पुलमा पनि नदीमा पानीको बहाव मापनका लागि पालिकाले ‘गेज स्केल’ निर्माण गरेको छ । पानीको सतह बढ्दै गएमा नागरिक सुरक्षित रहन सहयोग पुगोस् भनी पालिकाले सत्ती पुल नजिक गेज स्केल बनाएको टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीले जानकारी दिए । ‘नदीमा पानीको बहाव बढ्न थालेपछि नागरिक नदीसम्म हेर्न जाने र फर्कने गरेका छन्’, उनले भने, ‘यसअघि आएको बाढीले त्रसित भएका केही दिनयता निदाउन सकेका छैनन् ।’

टीकापुर पार्क सीमामा बिग बोल्डर हालिँदै
नदीमा पानीको बहाव बढ्दै गएपछि कटान तीव्र भएको टीकापुर–५ स्थित टीकापुर पार्कको सिमानामा नगरपालिकाले बिग बोल्डर हाल्न थालेको छ । नदी कटान तीव्र हुँदा पार्क र बस्ती जोखिममा परेपछि रानीजमरा कुलरिया सिँचाइ आयोजना र पालिका मिलेर बिग बोल्डर (ठूला ढुङ्गा) हालेर तटबन्ध थालिएको छ । 

सिँचाइ आयोजनाले ठेक्का लगाएका निर्माण व्यवसायीले तटबन्ध निर्माण नगर्दा बस्ती जोखिममा परेको हो । निर्माण व्यवसायी काममा नआएपछि आयोजना र पालिकाबीच भएको छलफलले आफैँले काम गर्ने सहमतिअनुसार काम थालिएको हो ।

‘बस्ती सखाप हुने जोखिम बढेपछि आइतबारबाट सिँचाइ आयोजना र पालिकाका साधन प्रयोग गरी बिग बोल्डर हाल्न थालिएको छ’, वडा नं ५ का वडाध्यक्ष बलबिर थारुले भने, ‘यो कार्य निरन्तर जारी रहन्छ, लम्कीचुहा र बर्दगोरिया गाउँपालिकाबाट ढुङ्गा ल्याएर नदी नियन्त्रणको प्रयास हुँदैछ ।’

सिँचाइ आयोजनाले नदी कटानको जोखिममा रहेका पाँच क्षेत्रमा नदी नियन्त्रणका लागि बिग बोल्डर हाल्न गएको चैतमै ठेक्का लगाएको थियो । अन्य ठाउँका निर्माण व्यवसायीले काम थाले पनि टीकापुर–५ मा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले काम नगर्दा समस्या निम्तिएको आयोजनाले जनाएको छ ।

‘कर्णाली नदीको मुहानदेखि नै जथाभावी नदी उत्खनन गर्दा आज टीकापुर, जानकी पालिका नदी कटानको जोखिममा परेका हुन्’, सिँचाइ आयोजनाका प्रमुख केदार श्रेष्ठले भने, ‘हामीले समयमै ठेक्का लगाएका हौँ, पटकपटक अनुरोध गर्दा पनि निर्माण व्यवसायी आएनन्, तत्काल कटान नियन्त्रण गरौँ, बाँकी कार्यालयले निर्माण व्यवसायीलाई कारबाहीलगायतका पक्रिया अघि बढ्छन् ।’

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित