मधेस प्रदेशसभा : ‘मुख्यमन्त्रीले संसद्को विश्वासमा काम गर्नुपर्छ’ « Khabarhub

मधेस प्रदेशसभा : ‘मुख्यमन्त्रीले संसद्को विश्वासमा काम गर्नुपर्छ’


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभा सदस्यले मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाको अभूतपूर्व विश्वासलाई कायम राख्ने गरी काम गर्नसक्नुपर्नेमा जोड दिएका छन्  । सोमबार मधेस प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा मुख्यमन्त्री यादवलाई बधाई ज्ञापन गर्ने कार्यसूचीमा आ-आफ्ना धारणा राख्दै प्रदेशसभा सदस्यले शतप्रतिशत विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री यादवले त्यसको भावनाअनुसार उदाहरणीय काम गर्नसक्नुपर्ने बताएका हुन् । 

‘मुख्यमन्त्रीले उपस्थित एकसय दुई जनामध्ये शतप्रतिशत मत पाए, त्यो तपाईँको सौभाग्य हो’, सभामा बोल्ने अधिकांश सदस्यले भने, ‘त्यो मत मधेसको हितका पक्षमा काम गर्नका लागि हो, त्यसैले अघिल्लो सरकारका कामबाट पाठ सिक्दै सिङ्गो मधेस प्रदेश र यहाँका जनताको पक्षमा काम गर्नुहोस् ।’

सम्बोधनका क्रममा प्रदेशसभा सदस्य जङ्गीलाल रायले मुख्यमन्त्री यादवले सडक र सदनमा उठेका कुरालाई सम्बोधन गर्ने अपेक्षासहित कांग्रेसले विश्वासको मत दिएकाले त्यसलाई मधेसको हितमा प्रयोग गर्न आग्रह गरे । ‘हामीले मधेस प्रदेशको हितका पक्षमा काम गर्ने अपेक्षासहित मत दिएका हौँ’, रायले भने,’विश्वासको मत दिँदैमा सबै सत्तापक्ष हुन् र संसद्मा प्रतिपक्ष छैन भन्ने नरहोस्, आउने दिनमा मुख्यमन्त्रीले गर्ने काम र खेल्ने भूमिकाले नै थप मूल्यांकन हुनेछ, त्यहीअनुसार हामी प्रस्तुत हुनेछौँ ।’

त्यसैगरी प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले आफूहरूले मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अहिलेको सरकारले सामन्तवादका अवशेषलाई हटाउने गरी समाजवाद उन्मुख नीति, बजेट तथा कार्यक्रम ल्याउने शर्तमा आफूहरूले शुभकामना मात्रै दिने बताए । ‘संसद्मा प्रतिपक्ष नभएको विषयमा कुरा उठेको छ, पछिल्लो राजनीतिक अवस्थाका कारण हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छौँ’, न्यौपानेले भने , ‘जनअपेक्षाअनुसार काम नभएमा प्रतिपक्ष कति कडा हुन्छ भनेर देखाउने छौँ, त्यसैले जनअपेक्षाअनुसार काम हुनुपर्छ ।’ 

प्रदेशसभा सदस्य रामअशिष यादवले लोकतन्त्रमा संसद् प्रतिपक्षको हुने भएकाले सरकारलाई नियमन र नियन्त्रण गर्न सबैले आवश्यकताअनुसार प्रतिपक्षको भूमिका खेल्नुपर्ने बताए । ‘संघीयता र गणतन्त्रको संस्थागत विकास र मधेसी जनताको हितलाई सर्वोपरि ठानेर मन्त्रिपरिषद्ले काम गर्न जरुरी छ’, यादवले भने, ‘पद सर्वकालीन हुँदैन तर पदमा भएको बेला गरेको काम सर्वकालीन हुने भएकाले लोकहितमा काम गरौँ ।’

मुख्यमन्त्रीलाई धन्यवाद दिनेक्रममा प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुर, चन्दनकुमार सिंह, अभिराम शर्मा, जवाहरलाल कुशवाह, कञ्चन विछा, विला अन्सारी र उर्मिलादेवी सिंहले सभालाई सम्बोधन गरेका थिए। उनीहरूले पनि मुख्यमन्त्री र उनी नेतृत्वको सरकारले जनजीवकासँग जोडिएका समस्या समाधान गर्दै सुशासन, संघीयता र लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार काम गर्ने अपेक्षा व्यक्त गरे । 

यसअघि आजको बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रबाट मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धी प्राप्त पत्र सभासमक्ष प्रस्तुत गरिएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ६ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित