ढुङ्गा हान्दैमा पहिचानवादी भइँदैन : मुख्यमन्त्री कार्की « Khabarhub

ढुङ्गा हान्दैमा पहिचानवादी भइँदैन : मुख्यमन्त्री कार्की


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिएका छन् ।

दमक नगरपालिकाले आज यहाँ आयोजना गरेको लागुऔषधको नियन्त्रण, रोकथाम सचेतना र उपचार अभियान कार्यक्रमको शुभारम्भ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानका लागि भइरहेको आन्दोलन हिंसात्मक हुँदै गएकाले अब हिंसाबाट आफ्ना माग पूरा गर्ने भ्रम त्याग्नुपर्ने स्पष्ट पारे ।

पहिचानवादीको नाममा हुँदै आएका गतिविधि सरकारले गम्भीर रुपमा लिँदै आएको बताउँदै उनले पहिचानका नाममा हिंसा, अस्थिरता निम्त्याउने कार्य भएर त्यस्ता कार्य कानुन अनुसार नियन्त्रण गर्न सरकार बाध्य हुने बताए ।

पहिचानवादीले व्यक्ति लक्षित आक्रमण गर्ने कार्य ठीक नभएको उनको भनाइ थियो । उहाँले किरात सभ्यता र संस्कृति देशकै साझा गहना मात्र नभएर सम्पत्ति भएकाले यस्ता सम्पत्तिको संरक्षण र सम्वर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताए । उनले भने, ‘पहिचानको मुद्दा यो सरकारले अनुभूति हुने गरी काम गर्नेछ, त्यसमा चिन्ता लिनुपर्दैन ।’

आफू मुख्यमन्त्री भएपछि राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको नाममा यो प्रदेशभित्रका विभिन्न जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नका लागि फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्न बजेट छुट्याएको बताउँदै अब चाँडै नै प्रदेश तहमा सरोकारवाला सम्मिलित समिति गठन गरी काम थाल्ने जानकारी दिए।

‘लागुऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान दमकबाट सुरु भएको र यो प्रदेशभर आवश्यक भएको मुख्यमन्त्रीको भनाइ थियो । संस्कारयुक्त समाज निर्माण गर्ने कुरामा हामी सधै तत्पर रहनुपर्छ र कोशी प्रदेश सरकार यसमा तत्पर छ’, उनको भनाइ छ ।

लागुऔषध प्रयोगकर्तालाई समाजमा पुनःस्थापित गर्न र यसका लतमा लाग्न नदिनका लागि सबैको सहयोग आवश्यक रहेकोमा पनि उनले जोड दिए । दमकको कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक–९ स्थित बिजुली अफिस सडकखण्डमा पहिचानवादीले कालो झण्डा देखाएर उनी सवार गाडीमा ढुङ्गा प्रहार गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित