दिपावली पर्व कहिले र कहाँबाट सुरु भयो ? « Khabarhub

दिपावली पर्व कहिले र कहाँबाट सुरु भयो ?


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज नेपालसहित संसारभरी नै दीपावली मनाइँदैछ । त्यसको एक दिनअघि अर्थात हिजो शनिबार अयोध्यामा दीपावलीको अवसरमा दीप प्रज्वलन गरेर विश्व कीर्तिमान बनाइएको थियो ।

दीपावलीका दुई मुख हुन्छन्, एउटा लक्ष्मी र गणेशको पूजा गर्ने घरभित्रको हुन्छ भने अर्को अनुहार रंगीन बत्तीले झल्कने घरको हो, मानिसहरूले यो पर्वलाई दीपावली र आतिशबाजीका बीचमा मनाउँछन् ।

तर, दीपावली मनाउने चलन कहिलेदेखि सुरु भयो भन्ने प्रश्न उठ्न सक्छ । कहिले र कहाँबाट दियो बाल्न थालियो ? आतिशबाजी कहिलेबाट सुरु भयो ?

उज्यालोको यो पर्व हिन्दू ग्रन्थ स्कन्दपुराण र अग्निपुराणमा उल्लेख छ । त्रेतायुगपछि द्वापरयुगदेखि दीपावली मनाइँदै आएको जनविश्वास छ । पछि पाँच दिनसम्म दिपावली मनाउन थालिएको विश्वास गरिन्छ । दीपावली मनाउने परम्परा ५ हजार वर्ष पुरानो रहेको विश्वास रहेका छन् । स्कन्द पुराणको कार्तिक महात्म्यमा भगवान कृष्णले दीपहरूलाई सूर्यको अंशको रूपमा वर्णन गरेका छन् ।

पहिलो दीपदान पर्व कहाँ भएको थियो ?

स्कन्द पुराणमा एउटा श्लोक छ- “मद्रज्ये ये दीपानानम् भुवि कुर्वन्ति मानवः ।५४।’

यस श्लोकलाई राम्ररी पढेपछि पहिले मद्रा राज्यका जनताले दियो दान गरेका थिए अर्थात बत्ती बालेका थिए भन्ने थाहा हुन्छ । हामीले यहाँ कुरा गरिरहेको मद्रा राज्य अहिले तक्षशिला रहेको स्थान हो । दैत्य राजा बालीले दियो दान गरेको थाहा पाएपछि आफ्नो शासनकालमा दीप बाल्ने चलन सुरु गरेको जनविश्वास छ ।

पहिलो दियो कहाँ भेटियो ?

सिन्धु उपत्यका सभ्यताबाट करिब ४ सहस्राब्दी अर्थात् करिब ५ हजार वर्ष पहिले माटोको बत्तीको प्रयोग भएको प्रमाण भेटिएको छ । सिन्धु उपत्यकामा उत्खननका क्रममा पुरातत्व विभागको टोलीले मेहरगढमा सबैभन्दा पहिले माटोको पुरानो बत्ती फेला पारेको थियो ।

पछि कार्बन डेटिङ गर्दा यी बत्तीहरू करिब ५ हजार वर्ष पुरानो भएको पत्ता लागेको छ । यसबाहेक भारतको सांगलमा पनि यस्तै भेटिएको छ । त्यहाँ २५ सय वर्षअघिका मौर्यकालीन बत्तीहरू भेटिएका छन् ।

उता, कौटिल्यले लेखेका अर्थशास्त्रमा भने रकेटको पहिलो प्रयोग कहिले भएको थियो भन्ने थाहा हुन्छ । कौटिल्यले करिब २३९६ वर्षअघि लेखेको अर्थशास्त्रको १४ औं अध्यायमा ‘तेजनचूर्ण’ बनाउने विधिको व्याख्या गरेका छन् । तेजनचूर्णमा आगो लगाउँदा झिल्को निस्कियो । युद्धमा शत्रुहरूलाई विचलित गर्न यसलाई जलाइयो र विषालु धुवाँ छोडियो भनेर उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १२ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित