बाख्रापालनबाट मनग्य आम्दानी « Khabarhub

बाख्रापालनबाट मनग्य आम्दानी


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – ‘राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै ।
मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै’

भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान हुन् जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट । 

उनले अहिलेसम्म कसैको सहयोगबिनै बाख्रापालनबाट लाखौँको कारोबार गरिरहेका छन् । पुँगर लेकमा बस्ने विष्टले दुईवटा बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोरमा कम्तीमा साना ठूला गरी पाँच दर्जन खसी, बोका र बाख्री छन् । चार पुस्तादेखि पुँगरमा रमाएका विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टाको दूरीमा रहेको पुँगरमा विष्टले हरेक महिनामा चार-पाँचवटा खसी बाख्राको बिक्री गरी राम्रो आम्दानी गरिसकेका छन् । 

उनले विभिन्न व्यवसाय सुरु गर्नु भए पनि कतैबाट सोचेजस्तो लाभ भएन । उनी भन्छन् , ‘मैले जिन्दगीमा धेरै व्यवसायमा हात हालें तर सफलता भने कतैबाट हात लागेन । बाख्रापालन व्यवसायले भने राम्रै आमदानी दिएको छ । अहिले पनि महिनामै चार-पाँच वटा बाख्रा बेचिन्छ ।’ निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उनको भनाइ छ । बाख्रापालनबाट राम्रो फाइदा देखेका भरतबहादुर जंगली जनावरबाट भने आजित हुन् । उनको गोठ रहेको पुँगरमा चितुवा, स्यालजस्ता जनावरले समयसमयमा बाख्रा खाइदिँदा नोक्सानी हुने गरेको छ । बाख्रालाई खोरमा र चरनमा लैजाँदा जनावरबाट जोगाउन हम्मेहम्मे पर्ने गरेको उनी बताउँछन् । ‘बाख्रापालनबाट केही घाटा छैन,’ उनले भने, ‘दिनभर चराउँदा पनि पुग्छ, बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो भए पुग्छ ।’

उनले बाख्रापालनसँगै भैँसी, गाई, गोरू पनि पाल्नु भएको  छ । उनी भन्छन् , ‘मेरा सम्पत्ति भनेकै यिनै चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइदैन ।’ भरतबहादुरले अहिलेसम्म राज्यबाट कुनै अनुदान, पशु औषधिजस्ता कुरा केही नपाएको गुनासो गर्छन्। ‘राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो’ उनले भने ,’कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ । तर, हामीजस्ता किसानलाई सामान्य औषधि पनि दिँदैन ।’

पुँगरमा वनभोजका लागि मानिस आउने गर्दछन् ।  वनभोजमा आउनेहरुले पनि उनीसँग खसी बोका किनेर लैजाने गरेको उनले बताए । ‘यसै वर्षको मङ्सिर-पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई बिक्री गरेँ,’ उनले भने। अहिले विष्टले बाख्राबाटै वार्षिक सात लाख रूपैयाँभन्दा बढी कमाउँदै आएका छन् । ‘मैले बाख्रा पालेको लामो समय भइसक्यो,’ उनले भने, ‘पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई-चार वर्षयता भने बचत पनि भइरहेको छ ।’ त्यसै आम्दानीबाट तीन छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उनले सुनाए । भरत मात्रै छैनन्, उनका अन्य थुप्रै छिमेकी पडेसभन्दा बढी पुँगरमै बस्छन्। पुँगरमा बस्दै आउनु भएका बलराम विष्टले भने, ‘पुँगरमा खुला ठाउँ भएकाले वस्तुभाउ पाल्नदेखि फलफूल तरकारी खेती गर्न सजिलो छ ।’ उनले पनि पुँगरमा फलफूल र तरकारीको साथै बाख्रा र भैँसी पाल्दै आएका छन् । अहिले पुँगर लेकमा सडक पुगेपछि नियमित रूपमा गाडी सञ्चालन भइरहेकाले उत्पादित वस्तु बजार लैजान पनि सहज भएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित