पुनः निर्माण गर्ने सहमतिपछि भत्काइयो लिम्बूवान गेट « Khabarhub

पुनः निर्माण गर्ने सहमतिपछि भत्काइयो लिम्बूवान गेट


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– मेची राजमार्गको फिदिम बजारखण्ड विस्तारका क्रममा फिदिम बजारको मध्यभागमा रहेको प्रवेशद्वार ‘लिम्बूवान गेट’ भत्काइएको छ । बजार क्षेत्रको उपयुक्त स्थानमा प्रवेशद्वार स्थापना गर्ने सहमतिपछि हिजो साँझ उक्त प्रवेशद्वार भत्काइएको हो ।

प्रवेशद्वार संरक्षण गर्दै आएका संस्थासहित जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा प्रवेशद्वार भत्काइएको हो ।

मेची राजमार्गका लागि फिदिम बजारखण्डमा विस्तार गर्दा उक्त प्रवेशद्वार सडकको बीचमा पर्ने भएकाले  भत्काउन लामो समयदेखि छलफल चलेको थियो । प्रवेशद्वारलाई पुरानै स्वरूपमा फिदिमको मुख्य सडकस्थित  माछापुच्छ्रे बैंक छेउ, फिदिम माध्यमिक विद्यालयको खेलमैदानअघि वा पुरानो बसपार्क आसपासका तीन स्थानमध्ये एक  स्थानमा निर्माण गर्ने सहमतिपछि भत्काइएको हो ।

लिम्बूवान गेट व्यवस्थापन समितिका संयोजक मधु केरुङको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्दम्बे, फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, प्रहरी नायब उपरीक्षक हरि खतिवडाको उपस्थितिमा सम्पन्न बैठकले प्रवेशद्वार स्थानान्तरण गर्ने निर्णय गरेको थियो । पछिल्लो समय ‘लिम्बूवान गेट’ नामले परिचित उक्त प्रवेशद्वार आठ मिटर चौडा सडकमा निर्माण गरिएकामा  मेची राजमार्गको फिदिम बजार क्षेत्रको एक दशमलव किलोमिटर सडक १७ मिटर चौडा गर्ने क्रममा प्रवेशद्वार भत्काउनुपर्ने अवस्था आएको थियो ।सङ्घीय सरकारको लगानीमा विस्तार भइरहेको फिदिम बजार क्षेत्रको सडक कालोपत्रको चरणमा पुगेपछि प्रवेशद्वार भत्काइएको हो ।

उक्त प्रवेशद्वार विसं २०४२ मा निर्माण गरिएको थियो । पञ्चायती शासन व्यवस्था २५ वर्षमा प्रवेश गरेका अवसरमा रजत वर्ष मनाउन प्रवेशद्वार निर्माण गरिएको थियो । दिवङ्गत राजा वीरेन्द्र पाँचथरको भ्रमणमा जाँदा  सोही प्रवेशद्वारमा स्वागत गरिएपछि धेरैले यस प्रवेशद्वारलाई राजा वीरेन्द्रको चिनोको रूपमा लिने गरेका थिए । निर्माणपछि प्रवेशद्वारमा राजाको श्रीपेचको आकृति राखिएको थियो ।

जनआन्दोलन २०६२-६३ पछि तत्कालीन नेकपा (माओवादी)ले श्रीपेचको आकृति मेटाएको थियो । फिदिममा उक्त प्रवेशद्वार निर्माण गर्दा सोही स्थानसम्म मात्रै बजार क्षेत्र रहेकाले बजारको सुरु विन्दुमा प्रवेशद्वार बनाइएको थियो  तर बजार विस्तार हुँदै गएपछि अहिले उक्त स्थान बजारको मध्यभागमा परेको छ ।

पूर्वमा लिम्बूवानको आन्दोलन चर्किदै गएपछि लिम्बूवान पक्षधरले प्रवेशद्वार रङ्गरोकन गरी लिम्बू (याक्थुङ) जातिको प्रतीक चिन्ह सिलामसाक्माको आकृति यस प्रवेशद्वारमा राखेका थिए । यस्तै च्याब्रुङको आकृति, प्रस्तावित लिम्बूवान क्षेत्रको नक्सा र ‘लिम्बूवान राज्यमा स्वागत छ’ भन्ने शब्दावलीसमेत प्रवेशद्वार लेखिएको थियो । यसपछि उक्त प्रवेशद्वारलाई धेरैले ‘लिम्बूवान गेट’ भन्न थालेका थिए । पर्यटकलाई उक्त प्रवेशद्वारले लिम्बूवान क्षेत्रबारे जानकारी दिने गरेको थियो ।

प्रवेशद्वार भत्काइएपछि छनोट भएका तीनमध्ये एक उपयुक्त स्थानमा फिदिम नगरपालिका, कोशी प्रदेश सरकार, सङ्घीय सरकार र सहयोगी व्यक्ति तथा सङ्घ संस्थाको लगानीमा प्रवेशद्वार निर्माण गर्ने सहमति पनि भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित