कोरोना संक्रमण बढेसँगै सुदूरपश्चिमका सीमा नाकामा कडाइ « Khabarhub

कोरोना संक्रमण बढेसँगै सुदूरपश्चिमका सीमा नाकामा कडाइ


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसँग जोडिएका सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरेको छ ।

पछिल्लो समय भारतबाट आउने नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले बताए । ‘अहिले भारत सँग सीमाना जोडिएका प्रदेशका सबै नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ,’ कार्कीले भने, ‘रोग लागेका व्यक्तिलाई अन्य यात्रुबाट छुट्टै राखेर उनीहरूको गन्तव्य स्थान सम्म जान सुझाव पनि दिइरहेका छौं ।’ पछिल्लो समय देखिएको संक्रमण कोरोनाको ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट हुन सक्ने उनले बताए । भारतमा ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट तिब्र रुपमा फैलिरहेको हुँदा अहिले देखिने संक्रमितमा पनि सो भेरियन्ट सक्रिय हुन सक्ने उनले बताए । 

‘यो ओमिक्रोनको रूपान्तरित भेरियन्ट हो,’ कार्कीले भने, ‘अहिले भारतमा यो भेरियन्ट तिब्र रुपमा फैलिरहेको छ, भारतबाट नेपाल भित्रीने नागरिकमा पनि पछिल्लो दिनहरूमा संक्रमण देखिने क्रम बढेको छ ।’ सुदूरपश्चिममा कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म खास्सै तयारीको योजना भने नरहेको उनले बताए । अहिले सम्म संक्रमितपनि त्यति धेरै देखिएका छैनन्, उनले भने, ‘भएकाहरुमा पनि गम्भिर स्वास्थ्य समस्या छैन, संक्रमणदर उच्च भएमा त्यसबारेमा केन्द्रले निर्णय गर्ला ।’ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णय केन्द्रिय कोभीड नियन्त्रण समितिले गर्ने गरेको उनले बताए । 

सुदूरपश्चिममा कोरोना रोकथामका लागि भौतिक संरचनाको अभाव नरहेको उनले बताए । ‘संरचना हामीसंग प्रयाप्त रहेको छ,’ यदी नयाँ भेरियन्ट तिब्र रुपमा फैलि हालेपनि त्यसलाई रोक्न र व्यवस्थापन गर्न यहाँ कुनै समस्या हुनेछैन ।’ सेती प्रादेशिक अस्पतालका बरिष्ट कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरका अनुसार ओमिक्रोनको नयाँ भेरियन्ट तीब्र रुपमा फैलिने भएपनि स्वास्थ्य जटिलता भने कम रहेको बताए । ‘अहिले सम्म भारतमा देखिएको सङ्क्रमणको अवस्था हेर्दा यो भेरियन्ट तीब्र रुपमा फैलने गरेको छ,’ कमरले भने, ‘तर रोगीको स्वास्थ्य जटिलता भने पहिलाको भन्दा न्यून छ, दीर्घ रोगी र कम्जोर स्वास्थ्य अवस्था भएका व्यक्तिलाई रोग लागे समस्या हुन सक्दछ ।’

अहिले सेती प्रादेशिक अस्पतालमा फाटफुट रुपमा कोरोना संक्रमति आउने गरेका उनले बताए । संक्रमण पुष्टि भएका बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने समस्या भने अहिलेसम्म नरहेको उनले बताए । ‘पीसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका बिरामीलाई स्वास्थ्य सुझाव दिएर पठाउने गरेका छौं,’ कमरले भने, ‘अस्पतालमा भर्ना गर्नु पर्ने बिरामी आएका छैनन्, भर्ना गर्नुपरे अस्पतालको कोभीड वार्ड तयारी अवस्थामा छ ।’

त्रिनगर सीमा नाकामा स्थापना गरिएको स्वास्थ्य डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पछिल्लो समय भारतबाट आउने धेरै मानिसमा कोरोना संक्रामण पुष्टि हुन थालेको छ । ‘विभिन्न कारणले भारतगएका नेपालीहरु नयाँ वर्ष मनाउन भारतबाट फर्कने क्रम पनि उच्च छ,’ साउँदले भने, ‘उनिहरुमा संक्रमण पनि तीब्र गतिमा देखिएको छ, यसबारेमा सरकोकारवालाले सोच्नु जरुरी छ ।’ भारतबाट आउने मध्य ५ प्रतिशत नागरिकमा कोरोना संक्रमण देखिने गरेको उनले बताए । 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ५ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित