चिकित्सा सेवा आयोगमा विद्यार्थीको दिनभर धर्ना « Khabarhub

चिकित्सा सेवा आयोगमा विद्यार्थीको दिनभर धर्ना


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परीक्षामा सहभागी हुनका लागि फाराम भर्न पाउनुपर्ने माग राख्दै विभिन्न जिल्लाबाट आएका दुई सय विद्यार्थीले आज सानोठिमीस्थित चिकित्सा सेवा आयोगको प्राङ्गणमा दिनभर धर्ना दिएका छन् ।

स्वास्थ्य, शिक्षातर्फ स्नातक तहको एमबिबीएस, बिडीएस, बी फार्मेसीलगायतका विभिन्न विषयमा अध्ययनका लागि प्रवेश परीक्षामा सहभागी हुन फाराम भर्न पाउनुपर्ने माग राख्दै विद्यार्थीहरू धर्ना बसेका हुन् ।

एमबिबीएसको अध्ययनका लागि प्रवेश परीक्षाका लागि सर्लाहीबाट आवेदन फाराम भर्न आएकी अरबी बस्नेतले आयोगकै लापरवाहीका कारण परीक्षामा सहभागी हुन फाराम नै बुझाउन नपाएको बताए ।

“माघ २२ गतेसम्म प्रवेश परीक्षाको शुल्क बुझाउने र २४ गतेसम्म आवेदन फाराम बुझाउने मिति तय गरेको रहेछ, धेरै विद्यार्थीले २४ गते नै शुल्क र फाराम बुझाउन मिल्छ भनेर २३ र २४ गते आए, उनीहरूले यत्तिकै वञ्चित हुनुप¥यो”, उनले भनिन्, “त्यसअघि आउने विद्यार्थीले पनि कर्मचारीले सर्भरडाउन भयो भन्ने र खाजा खान दुई घण्टा बिताउने गर्दा फाराम बुझाउन पाएनन्, त्यसैले एक दिनका लागि दोब्बर दस्तुर लिएर भए पनि प्रवेश परीक्षाको आवदेन दिन पाउनुपर्ने माग गर्दै दुई दिनदेखि आयोगमा धर्ना दिएका हौँ ।”

बिएससी नर्सिङका आवेदन दिन सप्तरीबाट आउनुभएकी अञ्जली चौधरी, नेपालगञ्जबाट आएकी सुदीपा शाक्य, मोरङबाट आउनुभएकी दिव्या अर्याल, नवाकोटबाट आउनुभएकी केकी तामाङसम्मले टाढा जिल्लाबाट आएका विद्यार्थी आवेदन फाराम बुझाउन नपाएर अलपत्र परेको भन्दै धर्नामा बस्दा पनि माग सुनुवाइ नभएको बताए ।

धनुषाबाट आउनुभएका सन्तोषकुमार यादव र इन्द्रजीत यादवले परीक्षामा सहभागी हुन पाऊँ भन्दा पनि वञ्चित गर्न नहुने भन्दै आयोगका पदाधिकारीलाई भेटेर दुई सय जनाको हस्ताक्षरित पत्र बुझाउन खोज्दा पनि भेट नदिएको बताए ।

एक दिन समय नदिँदा दुई सय विद्यार्थीको स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुनुपरेको र भविष्य अन्योल भएको विद्यार्थीको धर्नामा साथ दिँदै आएका युवराज सफलले बताउनुभयो । उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेललाई यसबारे जानकारी गराएको बताए ।

यसबारेमा आयोगका पदाधिकारीसँग जानकारी लिन खोज्दा प्रहरीले आयोगको कार्यालयमा प्रवेश गर्न रोक लगाएको थियो भने फोनमा सम्पर्कसमेत हुन सकेन ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित