रामपुरका किसानलाई अनुदानमा धानको बीउ « Khabarhub

रामपुरका किसानलाई अनुदानमा धानको बीउ


२४ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ। धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो।

नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए। अनुदानमा बीउ पाएपछि किसान खुसी भएका छन्। बजारका एग्रोभेटमा महँगो मूल्य तिरेर बीउ खरिद गर्न बाध्य किसानलाई कम मूल्यमा अनुदानमा बीउ पाउँदा राहत पुगेको छ।

स्थानीय शारदा रेग्मी भन्छन्–“दोब्बर तेब्बर मूल्य तिरेर बाहिरबाट खरिद गर्नुपरेको थियो, नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको छ, यसबाट बीउ खरिदमा हामीलाई आर्थिक भार परेन।”

यस वर्ष २० टन धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन्। उनका अनुसार वितरित धानमध्ये साँवा मन्सुली पाँच हजार छ सय किलो, रामधान एक हजार ९१ किलो र सावित्री धान १३ हजार छ सय ४५ किलो नगरका एक हजार ४१ किसानलाई वितरण गरिएको छ।

नगरपालिकाले वितरण गरेको धानमध्ये सावित्री प्रतिकिलो रु ६० तथा साँवा मन्सुली र रामधान जातको धान प्रतिकिलो रु ६५ मूल्य पर्छ। धान वितरणका लागि नगरपालिकाले रु छ लाख रकम विनियोजन गरेको थियो। बाहिर बजारका एग्रोभेटमा प्रतिकिलो रु ९० देखि रु एक सय दशसम्ममा किसानले बीउ किन्ने गरेका छन्। रामपुर नगरपालिकाभित्र करिब एक हजार आठ सय हेक्टर धान खेती सिञ्चित जमिन छ।

किसानको सहजता, कृषि शाखामा कर्मचारी कम, व्यवस्थापनलाई सजिलो बनाउने नगरपालिकाले एकहप्ते सूचना निकालेर किसान एग्रोभेटमार्फत सम्झौता गरी बीउ वितरण कार्य गरेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए। अघिल्ला वर्षमा नगरपालिकाले कृषि शाखामार्फत एकै पटक किसानलाई बोलाएर बीउ वितरण गर्ने गथ्र्यो। एकै पटक सबै किसान आउन नभ्याउने भएकाले सजिलो बनाउन यसवर्ष एग्रोभेटलाई जिम्मेवारी दिइएको हो।

कृषिजन्य उत्पादन र प्रवद्र्धनका लागि नगरपालिकाले उन्नत बीउबिजन, विभिन्न प्रविधि वितरण, तालिम, गोष्ठी, अनुदानजस्ता कार्यक्रम गरिरहेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन्। “कृषि तथा पशुपालन क्षेत्रमा केही नयाँ उद्यम, व्यावसाय गर्छु भनेर आउने किसानलाई नगर सरकारले सहयोग गरिरहेको छ”, उनले भने, “उत्पादितउपजको बजारीकरणको जिम्मेवारी लिनेछ, उत्पादन वृद्धिमा किसानले चासो दिनुपर्‍यो”।

नगरपालिकाले कृषि तथा पशु उद्यम गर्नेलाई युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरी रु ३० लाखसम्म दुई वर्षका लागि व्याज अनुदान दिने गरेको नगर प्रमुख थापाले सुनाए। पछिल्ला वर्षमा रामपुरमा पक्की कुलो व्यवस्थापन भएपछि धान लगाउने क्षेत्रफल बढ्दै गएको छ। सिँचाइको सुविधा भएकाले धान उत्पादनमा क्रमिकरुपमा वृद्धि हुँदै गएको छ। रामपुर धान उत्पादनको पकेट क्षेत्र हो।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ७ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित