विश्व मुस्कान दिवस : यस्ता छन् मुस्कानका फाइदा  « Khabarhub

विश्व मुस्कान दिवस : यस्ता छन् मुस्कानका फाइदा 


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ। मुस्कानले हरेक व्यक्तिको मानसिकसँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा  पुर्‍याउने  धेरै अनुसन्धानहरूले पत्ता लगाएका छन् ।  

मुस्कानले मानिसलाई धेरै फाइदा गर्छ । मुस्कानले सबै भन्दा पहिला त मानिसको तनाव कम गर्छ। मस्तिष्कले नकारात्मक सोचलाई रक्षात्मक संयन्त्रको रूपमा प्रयोग गर्दछ । मुस्कानले यसको प्रतिरोध गर्न सक्छ । त्यसैले हाँस्ने बानीले मस्तिष्कलाई राम्रो निर्णयहरू गर्न, थप सकारात्मक सोच्न र जीवनको बारेमा राम्रो महसुस गर्न मदत  पुर्‍याउँछ । 

मुस्कानले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र सेतो रक्त कोशिकाको सङ्ख्या बढाइ, रक्तचाप कम गर्न मदत गर्छ, जसले सङ्क्रमणबाट बचाउँछ ।  मुस्कुराउँदा एन्डोर्फिन र सेरोटोनिन रिलिज हुन्छ जसले प्राकृतिक पीडा कम गर्न महत्व पूर्ण भूमिका निर्वाह गर्छ । मुस्कानले मानिसलाई जवान देखाउँछ अर्थात् स्वस्थ उज्यालो र आकर्षक देखाउँछ ।

नियमित रूपमा मुस्कुराउनुले मानिसहरूलाई थप आत्मविश्वासी बनाउँछ । उनीहरूको पदोन्नतिको सम्भावना बढाउँछ, र उनीहरूलाई थप पहुँचयोग्य बनाउँछ । जब बैठक वा व्यापार भेटघाटमा हुँदा मुस्कुराउँदा अन्य मानिसहरूबाट थप सकारात्मक प्रतिक्रिया पाउन सकिन्छ ।

मुस्कान लामो आयुसँग प्रत्यक्ष जोडिने धेरै अध्ययनहरूले  देखाएकाे छ । मुस्कानले सकारात्मक मुड कायम राख्न र लामो समय स्वस्थ जीवन बाँच्न योगदान गर्न सक्छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित