‘सिंघम अगेन’को सुटिङमा अजय देवगण घाइते « Khabarhub

‘सिंघम अगेन’को सुटिङमा अजय देवगण घाइते


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अजय देवगण बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन् । हाल अजय आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’ को सुटिङमा व्यस्त छन् । हालै फिल्मको पोस्टर सेयर गर्दै अभिनेताले फ्यानलाई फिल्ममा उनको एक्शनले भरिपूर्ण अवतारको झलक दिएका छन् । यो फिल्मको एक दृश्य शूट गर्दा अभिनेता घाइते भएको बताइएको छ।

मिड डेको रिपोर्टका अनुसार अजय देवगण रोहित शेट्टी र उनको टोलीसँग विलेपार्लेमा सुटिङ गरिरहेका थिए । अजय देवगण एक लडाइँको दृश्यको सुटिङ गरिरहेका थिए, जब अनायासै एक प्रहार अभिनेताको अनुहारमा लाग्यो, उनको आँखामा चोट लाग्यो।

रिपोर्टका अनुसार चोट लागेपछि अजय देवगनले केही घन्टा ब्रेक लिए र डाक्टरले उपचार गरे । यस क्रममा रोहितले आफ्नो काम प्रभावित हुन दिएनन् र बाँकी दृश्यको सुटिङ जारी राखे । 

रोहित शेट्टीको आगामी फिल्म  ‘सिंघम अगेन’ सिंघम फ्रन्चाइजीको तेस्रो किस्ता हो। फिल्ममा अजय देवगण मुख्य भूमिकामा छन् । फिल्ममा अक्षय कुमार, करीना कपूर खान, दीपिका पादुकोण र रणवीर सिंह पनि मुख्य भूमिकामा देखिने छन् । 


यिनीहरू बाहेक शिल्पा शेट्टी डीसीपी अञ्जली शेट्टीको भूमिकामा र टाइगर श्राफ ‘सिंघम अगेन’ मा एसीपी सत्य पाण्डेको भूमिकामा देखिनेछन् । यति मात्र होइन, ‘सिंघम अगेन’ मा सोनू सूद, प्रकाश राज, फरदीन खान, ज्याकी श्राफ, रणवीर सिंह र सिद्धार्थ जाधव पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ३ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित