‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता « Khabarhub

‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । पर्वतमा स्वाइन फिभरको सङ्क्रमण भित्रिन नदिन बङ्गुर आयात-निर्यातमा रोक लगाइएको हो । 

काठमाडौँ, पोखरा, म्याग्दी र बागलुङमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा बङ्गुर मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि पर्वतका व्यावसायिक कृषकलाई भेला गराएर जैविक सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । सङ्क्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको विज्ञ केन्द्रका प्रमुख रामजी पौडेलले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म सङ्क्रमण भने देखिएको छैन । पौडेलका अनुसार कृषकलाई मासु उपभोग गर्न योग्य बङ्गुर काटेर चिस्यान केन्द्रमा राख्नसमेत आग्रह गरिएको छ । सङ्क्रमण फैलिनुभन्दा पहिलै स्वास्थ्य बङ्गुर काटेर चिस्यान केन्द्रमा फ्रिजिङ गर्न भनिए पनि पर्याप्त कोल्ड रुम नहुँदा समस्या भएको छ । यसका लागि स्थानीय तहलाई समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको केन्द्र प्रमुख पौडेलले जानकारी दिए । 

केन्द्रका प्रमुख पौडेलले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताए। बङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि छ-छ महिनामा बङ्गुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख पौडेलको भनाइ छ ।

समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट ठूलो क्षति बेहोर्नुपर्ने भएकाले पनि कृषक र सम्बन्धित स्थानीय तहहरूले तदारुकता देखाउनुपर्ने उनको भनाइ छ । जिल्लाभित्र बङ्गुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बङ्गुरपालक कृषकको भनाइ छ । पछिल्लो समय अधिकांश क्षेत्रमा सङ्क्रमण देखिएकाले रोगको शंका लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटेल तथा रेष्टुराँबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्न भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले आग्रह गरेको छ ।

पर्वतमा व्यावसायिकरुपमा बङ्गुरपालन गर्ने कृषक वा फार्मको सङ्ख्या ६० देखि ७० वटा रहेका छन् । केही कृषकले निर्वाहमुखी रुपमा समेत बङ्गुरपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । जिल्लामा झण्डै दुई हजार छ सयको सङ्ख्यामा बङ्गुर रहेको अनुमान छ । 

बङ्गुरपालन व्यवसायी शिवलाल बस्यालले जुनसुकै बेला सङ्क्रमण फैलन सक्ने भएकाले उपभोग गर्न योग्य भएका बङ्गुर काटेर कोल्डस्टोर राख्ने गरी स्थानीय तहहरूसँग समन्वय भइरहेको बताए। जिल्लामा पर्याप्त चिस्यान केन्द्र नभएकाले पोखरामा व्यवस्थापन गरिदिन स्थानीय तहहरूसँग पत्राचार गरिएको उनले बताए।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित