लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव : देउवा « Khabarhub

लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव : देउवा


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक व्यवस्थामा नै स्वतन्त्र प्रेस सम्भवः हुने बताएका छन । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना मन्तव्य दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत नै लोकतन्त्रका आधारस्तम्भ रहेकोसमेत जनाएका छन् ।

‘लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु,’ देउवाले भनेका छन्, ‘प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको हो । स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत नै लोकतन्त्रका आधारस्तम्भ हुन् । नेपाली कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यवसायिक पत्रकारिताको प्रवर्द्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चार माध्यमहरूमा अधिकारकर्मीहरूको पेशागत एवं व्यवसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैँ लड्दै आएको छ ।’  जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गरेको देउवाले जनाएका छन ।

मे महिनाको ३ तारिख संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार वर्गले आफ्नो हक र हितका निमित्त संगठित रुपमा दृढ साहस र संकल्पका साथ संघर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै देउवाले विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्ष्यमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मी साथीहरूमा हार्दिक शुभकामना र बधाइसमेत दिएका छन् । 

‘नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा ऐक्यवद्धता प्रकट गर्दै यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली सञ्चारकर्मी एवं सञ्चारमाध्यमलाई फेरि पनि बधाई र शुभकामना व्यक्त गर्दछु,’ देउवाले आफ्नो सन्देशमा भनेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित