लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन गर्नु मुख्य उपलब्धि « Khabarhub

लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन गर्नु मुख्य उपलब्धि


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ।

लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँचवर्षे कार्यकालको मुख्य उपलब्धि भएको बताए।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीबाट सञ्चालनमा आएको छ भने अन्य मन्त्रालयका लागि संरचना खोजीको काम भइरहेको छ।

त्यस्तै प्रदेशसभा पनि देउखुरीमै निर्माण भएको नयाँ भवनबाट सञ्चालन थालिएको छ। अघिल्लो कार्यकालको यो उपलब्धि हो। “हामीले आफ्नै प्रदेशसभा भवन निर्माण गर्यौँ”, उनले भने, “मुख्यमन्त्री कार्यालय पनि आयो, अन्य मन्त्रालय पनि अब आउँदैछन्।”

साथै प्रदेशसभाको पहिलो कार्यकालमा ७२ विधेयक पारित भई ऐनका रूपमा प्रमाणीकरण भएका छन् भने सरकारले ३० नियमावली पारित गरी कार्यान्वयन गरिरहेको छ। साथै विकास निर्माणका हिसाबले पनि प्रदेशमा फड्को मारिएको प्रवक्ता शर्माले बताए। उनका अनुसार पाँच वर्षमा सात सय ४९ किलोमिटर सडक कालोपत्र भएको छ भने नौ सय ८८ किलोमिटर सडक ग्राभेल तथा चार सय ३५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ। त्यस्तै ७४ वटा सडक पुल र २३ वटा झोलुङ्गे पुल निर्माण भएका छन्।

उनका अनुसार तीन हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधापुर्याइएको, छ सय आठवटा स्याले ट्युबेल, एक हजार आठ सय पाँचवटा सिँचाइ कुलो निर्माण गरिएको छ। त्यस्तै एक सय २२ किलोमिटर लम्बाइमा नदी नियन्त्रणको कार्य भएको छ। यसबाट दुई हजार एक सय १५ हेक्टर जमिन नदीबाट उकास भएको छ।

प्रदेश सरकारले ११ हजार एक सय ४७ वटा लिफ्ट खानेपानी आयोजना र एक हजार दुई सय ३१ वटा खानेपानीका आरसिसी ट्याङ्की निर्माण गरेको छ।

त्यस्तै एक हजार सात सय १७ किलोमिटर ट्रान्समिसन पाइप लाइन जडान भएको, चार हजार आठ सय ७२ किलोमिटर डिस्ट्रिब्युसन पाइप जडान भएको छ। प्रदेश सरकारले सात हजार एक सय ६१ कमैया, मुस्लिम र दलित छात्रालाई छात्रबृत्ति, तीन हजार आठ सय ८७ विज्ञान विषय अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ।

तत्कालीन जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारको व्यवस्था गर्नुका साथै मुटु, मिर्गौला र क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि रु दुई लाख दिने कार्यक्रमबाट छ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।

त्यस्तै चारवटा यातायात सेवा कार्यालय स्थापना गरी सेवाप्रवाह गरिरहेको, चार स्थनमा सवारी यात्रु र चलकका लागि रिफ्रेस सेन्टरको निर्माण गरेको, कृषिलाई आधुनिकीकरण गर्नका लागि एक सय नौवटा कृषि स्मार्ट गाउँको निर्माण गरिएको, १९ वटा शीतभण्डार, १९ वटा खाद्यान्न भण्डार, १० वटा बीउ भण्डारणगृह निर्माण गरिएको छ।

प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेको लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना भएर सञ्चालनको तयारीमा रहेको छ।

राजधानी सारेपछि रातारात सामान बोक्न प्रयोग भएका सवारी साधन ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ८ : १६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित