बागमती प्रदेशसभा बैठक : सरकारको नीति तथा कार्यक्रमाथि छलफल जारी « Khabarhub

बागमती प्रदेशसभा बैठक : सरकारको नीति तथा कार्यक्रमाथि छलफल जारी


१८ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विभिन्न कार्यक्रमलाई परिमार्जन गरी आत्मनिर्भर बनाउने खालको योजनालाई उच्च प्राथमिकता दिन आग्रह गरे ।

उनीहरुले प्रदेशको सबै जिल्लामा सरकारी अनुदानबाट सञ्चालित विद्यालयलाई गुणस्तरीय सेवा पुर्याउन शिक्षकको अपग्रेट गर्ने र नीति क्षेत्रका विद्यालयबाट राजनीतिक नेतृत्व, सरकारी कर्मचारी र विभिन्न अभिभावकबाट आफ्नो बालबालिकालाई सरकारी स्कुलमा पठाउनेतर्फ प्रदेश सरकारले नीतिगत कार्यक्रम तर्जुमा गरी आगामी आवदेखि लागू गर्न सुझाव दिए ।

यसैगरी, प्रदेशको काठमाडौँलगायत अन्य जिल्लामा खानेपानीको समस्या निकै कठिनाइ भोग्नुपरेको उल्लेख गर्नुहुँदै उनीहरूले नीति तथा कार्यक्रमले दुर्गम बस्तीका बासिन्दालाई पिउने पानी र सिँचाइको लागि योजनामा ल्याउन माग गरे । बैठकमा नीति तथा कार्यक्रममाथि आदिवासी जनजाति, दलित, महिला सीमान्तकृत वर्गलाई आत्मनिर्भर हुने आर्थिक प्याकेजको कार्यक्रम ल्याउन र त्यसक्षेत्रमा सिँचाइको प्रबन्ध गरी कृषि उत्पादनलाई बढुवा दिन जनमुखी योजना ल्याउनुपर्नेमा उनीहरूको जोड थियो ।

उनीहरूले सडक सञ्जाललाई राष्ट्रिय राजमार्गसँग जोड्न र विपन्न नागरिकलाई सस्तो उपचारको क्रममा जिल्ला अस्पतालसम्म ल्याउने एम्बुलेन्सको व्यवस्था गर्न र स्थानीय निकायलाई स्वास्थ्यचौकीमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले आगामी आर्थिक वर्षभित्र थप कार्यक्रम तर्जुमा गरी लागू गर्न आग्रह गरे ।

बैठकको छलफलमा अधिकांश प्रदेश सभाका सदस्यले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने, खाद्यान्न बालीलाई प्रदेशभित्र सबै सर्वसाधारणको पहुँचमा पु¥याउन पायक पर्ने स्थानमा मलखाद्य कारखानाको स्थापना गर्ने, कृषकलाई मौसमी तरकारीखेती गर्न वित्तीय क्षेत्रको बैंकबाट ऋण उपलब्ध गराउने र कृषकले उत्पादन गरेको तरकारी, फलफुल खाद्यान्नलाई बजारको व्यवस्थापन मिलाउने कार्यमा ध्यान दिन कृषि मन्त्रालयले समन्वय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो ।

काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा सम्पदाको संरक्षण गर्ने ऐतिहासिक जात्रालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत संरक्षण एवं नियमित पूजाआजा प्रर्दशन गर्ने कार्यलाई प्रभावकारीरुपमा परिचालन गर्न प्रदेशसभा सदस्यले सुझाव दिए । बैठकमा पर्यटनको विकासको लागि गुरुयोजना तर्जुमा गरी क्रमशः लागू गर्दै लैजाने नीति अनुरुप सरकारले योजना बजेट तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै उनीहरुले गणतान्त्रिक व्यवस्थालाई सुदृढ तुल्याउन प्रदेशमा सुशासनको अभ्यास गरिनुपर्ने एवं भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ प्रदेश सरकारले आवश्यक ऐन, कानुनको तर्जुमा गरी जुनसुकै दलको नेता तथा कार्यकर्ता भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने र दलगत स्वार्थमा हेर्न नहुने धारणा व्यक्त गरे ।

उक्त बैठकमा प्रदेशसभाका सदस्य क्रमशः सुरेन्द्रराज गोरसाईँ, दिलकृष्ण महर्जन, रघुनाथ महर्जन, आशा लामा, राजेन्द्र प्रजापति, नेत्रप्रसाद गोतामे, आनन्द श्रेष्ठ, उर्मिला खनाल, रामप्रसाद ढुङ्गाना, उर्मिला तामाङ, प्रभात तामाङ, दीपेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर भोमजन, माइली तामाङ, कुमारी लामा, भुवनेश्वरी श्रेष्ठ, कञ्चन बादे श्रेष्ठ रहेका छन् ।

यसैगरी, रुकु चौलागाईं, प्रेमबहादुर पुलामी, कुमारी तामाङ, ईश्वर सापकोटा, सुरेश श्रेष्ठ, गीता काफ्ले, सरल सहयात्री पौडेल, मोनिका श्रेष्ठ, श्रीराम लामिछाने, विनु राइमाझी पौडेल, कृष्णकुमार तामाङ, हरिप्रसाद सापकोटा, सृजना सैजू, धनश्याम प्रजापति, प्रेमभक्त महर्जन, सुकुमाया तामाङ, केशवप्रसाद पोखरेल, युवराज चौलागाईं छन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक भोलि जेठ १९ गते बिहान साढे १० बजे बस्ने गरी आजको बैठक स्थगित गरे । नीति तथा कार्यक्रम भोलि हुने बैठकबाट पारित हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ०८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित