एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति   « Khabarhub

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति  


१८ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै उनी विश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन् ।

पछिल्लो केही दिनयता एलनको सम्पत्ति बढ्दा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको शेयर २ दशमलव ७ प्रतिशतले घट्न पुगेको थियो । जसका कारण मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बिचमा प्रतिस्पर्धा चल्दै आएको जनाएको छ । जसअनुसार कहिले एलन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहँदै आएका थिए। तर, यो वर्ष लामो समयसम्म बर्नार्ड विश्वकै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहेका थिए ।

अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली विलासिताका समानका व्यापारी हुन्, जो सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका थिए । अर्नाल्टको एलभीएएच नामक कम्पनी छ, जहाँ विश्व प्रसिद्ध लुइस भिटन, फेन्डी र हेनेसी लगायतका महँगो फेसनका ब्रान्डहरू उत्पादन हुन्छन् ।

ब्लूमबर्ग समाचार एजेन्सीका अनुसार चीनको महत्त्वपूर्ण बजारमा सुस्त आर्थिक वृद्धिका बीच विलासिता समानको खपत घट्न पुगेको छ। जसका कारणा उनको अप्रिलदेखि करिब १० प्रतिशतले सेयर घट्न पुगेको थियो । 

अर्नाल्टको कुल सम्पत्तिबाट एकै दिनमा ११ अर्ब डलरको नोक्सान भएको थियो। बुधबारसम्म उनको कुल सम्पत्तिमा ५ अर्ब २५ करोड डलरको नोक्सानी भएको छ । अहिले बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर छ  तर पनि यो वर्ष मात्रै उनको सम्पत्ति २४ दशमलव ५ अर्ब डलरले बढ्न पुगेको छ ।

पुनः विश्वकै धनी व्यक्ति बनेका एलन मस्कको सम्पत्ति भने १९२ अर्ब डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधवार एलन मस्कको कुल सम्पत्ति १ दशमलव ९८ बिलियन डलरले बढेको हो । साथै, यो वर्ष उनको कुल सम्पत्तिमा पनि ५५ दशमलव ३ अर्ब डलरले वृद्धि भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १० : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित