भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग « Khabarhub

भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलहिया– नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट– लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ ।

नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तको अगुवाइमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा त्यहाँ कार्यरत कर्मचारीलाई नेपाली ढाका टोपी लगाइदिएर उडान नियमित गर्न सबैलाई सहकार्यको लागि आह्वान गरिएको थियो ।

कर्मचारीलाई टोपी लगाउँदै अध्यक्ष पन्तले भने, ‘जसरी शिरको शान ढाका टोपी रहेको छ, त्यसैगरी लुम्बिनी प्रदेशवासी र नेपालका सबै पर्यटन व्यवसायीका लागि गौतमबुद्ध विमानस्थल शान र मान हो’, उनले भने, ‘यसको गरिमा बढाउने भनेको यहाँबाट अन्तर्राष्ट्रिय जहाजको उडान निरन्तरताको लागि कर्मचारीको पनि सक्रियता र सकारात्मक सहयोग जरुरी छ ।’ कार्यक्रममा पर्यटन व्यवसायी सागर अधिकारीले कुनै पनि बहानामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न नहुने बताउँदै कटौती गरेमा सबै लुम्बिनीवासीले आन्दोलन गर्ने चेतावनीसमेत दिए।

पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विष्णुप्रसाद शर्माले ४० अर्ब भन्दा बढी लगानी विमानस्थलमा भएको र सय अर्ब भन्दा बढी निजी क्षेत्रको लगानी भैरहवा आसपासमा भइरहेको बताए । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सात महिनाको अवधिमा ३१ हजार छ सय १८ यात्रुले सेवा लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी गराएका छन् ।

गत जेठ २ गते देखि पुस ३ गते सम्म सात महिनाको अवधिमा एक सय ५४ वटा उडान र अवतरण भएको उनले जानकारी दिए । यतिबेला अल जजिरा एअरलायन्सले उडान कटौती गरेको छ । हिमालय एअरलायन्सले पनि उडान रोकेको छ । अर्कोतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक उडानसमेत प्रभावित हुँदै आएको छ । यद्यपि यो समस्यालाई निराकर गर्ने गरी अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम (आइएलएस) जोडिएको भए तापनि उक्त उपकरण सञ्चालन नहुँदा समस्या सिर्जना भएको छ ।

पर्यटन व्यवसायीले आइएलएस तत्काल सञ्चालन गर्न माग गरेका छन् । उडानका लागि कम्तीमा एक हजार पाँच सयको हाराहारीमा भिजिविलिटी आवश्यक पर्छ तर यतिबेला चार ÷पाँच सयको हाराहारीमा भिजिबिलिटी पुग्दा बेला बेला उडान प्रभावित हुने गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : ३२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित