निलम र ईशा ‘मिसेस एण्ड मिस गुरुङ’ « Khabarhub

निलम र ईशा ‘मिसेस एण्ड मिस गुरुङ’


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘मिसेस एण्ड मिस गुरुङ सिजन ३–२०२२’ को ताज ‘मिसेस’ तर्फ निलम गुरुङ र ‘मिस’ तर्फ ईशा गुरुङले उपाधि जितेका छन् । ‘मिसेस गुरुङ’तर्फ सीमा गुरुङ ‘फस्ट रनरअप’, शर्मिला गुरुङ ‘सेकेन्ड रनरअप’, पबी गुरुङ ‘थर्ड रनरअप’ बने ।

विधागतर्फ शर्मिला गुरुङ ‘मिसेस ट्यालेन्ट’, सीता गुरुङ ‘मस्ट पपुलर’, ‘फोटोजेनिक’ र ‘फेसबुक च्वाइस’, सीमा गुरुङ ‘भ्युवर्स च्वाइस’, ‘कन्फिडेण्ट’, हेमा गुरुङ ‘अर्गनाइजर च्वाइस’ र ‘हार्डवर्किङ’, पबी गुरुङ ‘पर्सनालिटी’, निलम गुरुङ ‘इन्टेलिजेण्ट’, माया गुरुङ ‘इनोन्सेण्ट’, लक्ष्मी गुरुङ ‘फ्रेण्डली’, शर्मिला गुरुङ ‘बेष्ट स्माइल’ र निलम गुरुङ ‘एक्टिभ’ भए ।

‘मिस’तर्फ सुखिना गुरुङ ‘फस्ट रनरअप’ र ‘हार्डवर्किङ’, सन्ना गुरुङ ‘सेकेण्ड रनरअप’सँगै ‘भ्युवर्स च्वाइस’, ‘फेसबुक च्वाइस’, ‘बेष्ट स्माइल’, दीपशिखा गुरुङ ‘थर्ड रनरअप’ सँगै ‘मिस फोटोजेनिक’, ‘पर्सनालिटि’, ईशा गुरुङ ‘मिस ट्यालेन्ट’, ‘कन्फिडेण्ट’, ‘मस्ट पपुलर’, ‘फ्रेण्ड्ली’, शितलदेवी गुरुङ ‘अर्गानाइजर च्वाईस’, ‘डिसिप्लिन’, अस्मिता गुरुङ ‘इण्टेलिजेण्ट’, मिन्खु गुरुङ ‘इनोसेन्ट’ र मिना गुरुङ ‘मिस एक्टिभ’ बने ।

प्रतियोगिता विगत ३ वर्षदेखि एस के इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ । प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, निर्मात्री तथा कलाकार सबिता गुरुङ, केशब थापा, आनन्द गुरुङ, अशोक तामाङ आकृति तामाङ र एमबी गुरुङ रहेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित