साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित « Khabarhub

साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ ।

गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायतका संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिर्वतन गर्ने प्रक्रिया अघि बढेपछि निर्माणको काम रोकिएको हो । यसअघि ठूला ढुङ्गाको ‘गाइडबण्ड’ बनाउने भनिए पनि ठूलो ढुङ्गाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल अघि बढेको छ । ‘हामीलाई गाइडबण्ड बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुङ्गा आवश्यक थियो’, पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफासी) जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले भने, ‘अहिले डिजाइन परिर्वतनको काम नसकिएकाले निर्माणको काम ठप्प जस्तै छ ।’

उनले पुलको ‘स्ल्याप’ ढलानको काम सकिएको जानकारी दिए । ‘७.८ किमी छ लेनको पहुँच मार्गअन्तर्गत चार किमी सडक कालोपत्र भइसकेको छ’, इञ्जिनीयर पाण्डेयले भने, ‘गाइडबण्डका लागि स्थानीय प्रशासनसित समन्वय गरेर चुरेतर्फका खोलाबाट करिब १८ हजार घनमिटर ढुङ्गा ल्याए पनि त्यसले पर्याप्त भएन ।’

उनका अनुसार गाइडबण्ड बनाउन २५७ किलोग्रामभन्दा माथिका ७० प्रतिशत र २० देखि ४० किलोग्रामका ३० प्रतिशत ढुङ्गा आवश्यक थियो । रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।

‘पुलको रेलिङ र रङ्गरोगनको काम गर्ने तयारी हँुदैछ’, उनले भने, ‘मौसम प्रतिकूलताका कारण कालोपत्र कार्य रोकिएको छ ।’ सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको पुलको पारि र वारि दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा छ ।

यहाँको महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर दुर्गा अवस्थीले वाइडबण्डको डिजाइन परिवर्तनका लागि फाइल विभागमा पेश भएको बताए । ‘कोरोनाका कारण डिजाइन परिर्वतनको काममा केही ढिलाइ भएको हो’, उनले भने, ‘छिट्टै डिजाइन परिर्वतनको काम सकिनेछ ।’ उनले पुलको अरु काम भने सञ्चालन रहेको बताए ।

विसं २०७४ भदौदेखि सुरु भएको पुल निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब रु २० करोडभन्दा बढीको क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १० : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित